Trending
Prev Story
Next Story

६ वटा बैंकले घटाए ब्याजदर

Nagarik News •
November 17, 2026 • 02:20 AM
1
1 reads 0 reactions

मंसिर महिनाका लागि ६ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्।

६ वटा बैंकले घटाए ब्याजदर

मंसिर महिनाका लागि ६ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। १४ वटा बैंकले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

कुनै पनि बैंकले ब्याजदर वृद्धि नगरेपछि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ। २० वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर कात्तिकको ४.०१३ प्रतिशतबाट ०.११ प्रतिशत विन्दुले घटेर मंसिरमा ३.९२ प्रतिशत कायम भएको छ। त्यस्तै संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि ३.००३ प्रतिशतबाट घटेर २.९९०५ प्रतिशतमा झरेको छ।

ब्याजदर घटाउनेमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा धेरै १ प्रतिशत विन्दुले कटौती गरेको छ। यो बैंकले कात्तिकमा ४.५ प्रतिशत रहेको ब्याजदर घटाएर ३.५ प्रतिशत कायम गरेको हो। कृषि विकास बैंकले ब्याजदर ०.५ प्रतिशत विन्दुले घटाएर ३.६५ प्रतिशतमा झारेको छ।

एनएमबि बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपमा ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। लक्ष्मी सनराइज, कुमारी र स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदरमा कटौती गरेका छन्।

बैंकहरूबिच ब्याजदर घटाउने क्रम जारी रहँदा निक्षेपकर्ताले मुद्दती निक्षेपबाट पाउने प्रतिफल थप घट्ने देखिएको छ।

यो पनि पढ्नुहोस् बैंकमा किन थुप्रियो ८ खर्ब ?

प्रकाशित: १ मंसिर २०८३ ०८:०५ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
18h ago
मंसिरका लागि ६ वटा बैंकले घटाए ब्याजदर, कसकाे कति ?

मंसिरका लागि ६ वटा बैंकले घटाए ब्याजदर, कसकाे कति ?

काठमाडौं । बैंकमा मुद्दती निक्षेप राख्ने बचतकर्ताले मंसिर महिनामा पाउने ब्याजदर थप घटेको छ । वाणिज्य बैंकमध्ये ६ वटा बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने १४ बैंकले कात्तिक महिनाकै दरलाई निरन्तरत...

#ब्याजदर #निक्षेप #वटा
Compare →
Bizshala
21h ago
मंसिरका लागि ६ बैंकले घटाए निक्षेप ब्याजदर, १४ वटाको यथावत्

मंसिरका लागि ६ बैंकले घटाए निक्षेप ब्याजदर, १४ वटाको यथावत्

काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। बाँकी १४...

#ब्याजदर #निक्षेप #वटा
Compare →
Ekantipur
20h ago
मंसिरमा थप घट्यो निक्षेपको ब्याजदर, कसको कति?

मंसिरमा थप घट्यो निक्षेपको ब्याजदर, कसको कति?

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार कात्तिकको तुलनामा मंसिरमा निक्षेपको ब्याजदर घटेको हो।

#ब्याजदर #निक्षेप #वटा
Compare →
Arthasansar
21h ago
४ प्रतिशत भन्दा पनि तल झर्‍यो वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर, कुन बैंकको कति ?

४ प्रतिशत भन्दा पनि तल झर्‍यो वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर, कुन बैंकको कति ?

वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार...

#ब्याजदर #निक्षेप #वाणिज्य
Compare →
Onlinekhabar
20h ago
मंसिरमा पनि बैंकहरूको ब्याजदर घट्यो, मुद्दतीमा कुनले कति दिन्छन् ?

मंसिरमा पनि बैंकहरूको ब्याजदर घट्यो, मुद्दतीमा कुनले कति दिन्छन् ?

३० कात्तिक, काठमाडौं । बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर घट्ने क्रमले मंसिरमा पनि निरन्तरता पाएको छ । बैंकहरूले मंसिरका लागि सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा दर घटेको छ । यद्यपि धेरैजसो बैंकले कात्तिक महिनाकै ब्याजदरलाई …

#ब्याजदर
Compare →

Related Stories

Business & Economy
Build #2612