Trending
Prev Story
Next Story

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो

Nagarik News •
November 17, 2026 • 01:18 AM
2
2 reads 0 reactions

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी सामुदायिक वनको एक दशमलव ७५ हेक्टर अतिक्रमित क्षेत्र खाली गराई ४०० टिमुरका बिरुवा रोपिएको छ।

तनहुँमा वन अतिक्रमण हटाएर चार सय टिमुरका बिरुवा रोपियो

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी सामुदायिक वनको एक दशमलव ७५ हेक्टर अतिक्रमित क्षेत्र खाली गराई ४०० टिमुरका बिरुवा रोपिएको छ।

डिभिजन वन कार्यालय तनहुँले अतिक्रमित क्षेत्र पहिचान गरी रेखाङ्कन तथा पोल गाडेर छुट्याएपछि उक्त क्षेत्रमा टिमुरको बिरुवा रोपेको हो। कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार अतिक्रमण हटाएर खाली गराइएको जमिनलाई उत्पादनशील बनाउने उद्देश्यले टिमुर रोपिएको हो।

वन क्षेत्रको अतिक्रमण नियन्त्रण र संरक्षणसँगै टिमुरखेतीबाट भविष्यमा स्थानीयस्तरमा आम्दानीको सम्भावना सिर्जना हुने अपेक्षा गरिएको उनले बताए। डिभिजन वन कार्यालयको तथ्याङ्कसार तनहुँमा ६२४ सामुदायिक वनको क्षेत्रफल ६४ हजार ८४२ दशमलव ४८ हेक्टर रहेको छ। जिल्लामा दुई हजार ५६ दशमलव ५६ हेक्टर क्षेत्रफलमा ४८५ कबुलियती वन रहेका छन्।

त्यस्तै, ३० दशमलव ६२ हेक्टर क्षेत्रफलमा ११ धार्मिक वन र ४२ दशमलव ३२ हेक्टरमा ८४ निजी वन रहेका छन्। जिल्लामा राष्ट्रिय वनको क्षेत्रफल १८ हजार १४० दशमलव ३४ हेक्टर रहेको कार्यालयले जनाएको छ।

वन क्षेत्रको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह र सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने प्रमुख रानाभाटले बताए।

प्रकाशित: १ मंसिर २०८३ ०७:०३ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
17h ago
तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७९ प्रतिशत, निर्माण तीव्र

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७९ प्रतिशत, निर्माण तीव्र

कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार प्रसारण लाइनमा पर्ने ९४ वटा टावरहरूमध्ये हालसम्म ८३ वटाको जग राख्ने र ८१ वटा जडान भइसकेको छ । कुल ३४.७० किलोमिटर लामो प्रसारण लाइनको १.७ किलोमिटर तार तानिएको कम्पनीले जनाएको छ ।

#तनहुँ
Compare →
Hamro Patro News
4d ago
आलेखः बोटबिरुवामा नै पहिचान बनाएका हरिशरण

आलेखः बोटबिरुवामा नै पहिचान बनाएका हरिशरण

मकवानपुर / सडकको छेउमा एउटा टोकरी । टोकरीमा तरकारीका सानासाना बिरुवा थिए । उमेरले किशोरावस्थामै रहनुभएका हरिशरण गौतम विद्यालयबाट फर्किएपछि त्यही टोकरी बोकेर हेटौँडाको सडकपेटीमा पुग्नुहुन्थ्यो । दिउ...

#बिरुवा
Compare →
Onlinekhabar
4d ago
टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

टिमुर : आम्दानी बढाउँछ, मानव-वन्यजन्तु द्वन्द्व घटाउँछ

काँडेदार र सुगन्धित टिमुरको व्यावसायिक खेतीले मध्यपहाडमा वन्यजन्तुबाट हुने बाली क्षति घटाउन, सामुदायिक वनको संरक्षण गर्न र स्थानीय समुदायको आम्दानी बढाउन सहयोग पुर्‍याउन सक्छ। नेपालमा पछिल्ला दशकमा वन क्षेत्रको पुनस्थापना, सामुदायिक वन व्यवस्थापन र स्थानीय समुदायको …

#टिमुर
Compare →
Bizshala
1w ago
तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण ८० प्रतिशत सम्पन्न

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत ...

#तनहुँ
Compare →

Related Stories

Technology
Build #2612