मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) मेष राशि हुनेहरूका लागि सूर्य कष्ट भावमा, बुध १६ गतेसम्म व्यापार भावमा र १७ गतेबाट कष्ट भावमा, शुक्र व्यापार भावमा तथा मङ्गल र बृहस्पति सन्तान भावमा गोचर गरिरहेका छन्। शनि खर्च भावमा गोचर गरिरहेका छन्। माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा महिनाभर कष्ट भावमा गोचर गर्ने सूर्यले राजनीति तथा कल्याणकारी क्षेत्रमा जनताको सामु कमजोर उपस्थिति रहनेछ। स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ भने दिदीबहिनी तथा आफन्तसँग अनावश्यक विवाद हुनेछ । सवारीसाधनको प्रयोग गर्दा वा घरजग्गाको कारोबार गर्दा ध्यान दिनुहोला। अनावश्यक खर्च बढ्ने तथा विदेश जान खोज्दा रुपैयाँ(पैसा फस्न सक्छ, ख्याल गर्नुहोला । शनिको आद्य साढेसाती दशाको प्रभावले श्वासप्रश्वास, आँखा तथा टाउकोसम्बन्धी समस्या आउने सम्भावना रहेको छ। दीर्घ रोग जस्तै प्रेसर, सुगरजस्ता रोगीहरूले विशेष ख्याल गर्नुहोला। जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागि खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला। शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ। नसा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला। जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्तोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ। यदि जन्म कुण्डलीमा शनि बलवान् भए शुभ फल प्राप्त हुनेछ। तापनि मङ्गल, बृहस्पति, बुध तथा शुक्र ग्रहको अनुकूल प्रभाव रहनाले मौसमी सामानको व्यापारबाट मनग्गे धन आर्जन हुनेछ। शिक्षा क्षेत्र, सवारीसाधन, निर्माण सामग्री, अटोपार्ट्स तथा खनिज पदार्थजस्ता सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। प्राकृतिक स्रोतसाधन तथा पैतृक धन सम्पत्तिको प्रयोग तथा परिचालनमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ। कृषि तथा पशुपालन, बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ। केन्द्रमा शुक्रले मालव्य योगको पञ्च महापुरुष योगको निर्माण गर्ने हुनाले नयाँ काम पाउने, नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरण हुने ग्रहयोग रहेको छ। यदि जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्तोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ।
Read full story at source ( ratopati.com )