जनकपुर - अस्ताउँदो सूर्यलाई अर्घ दिँदा हात जोडिएका थिए, आँखामा श्रद्धा थियो, मनमा परिवारको सुख, शान्ति र समृद्धिको कामना थियो । बिहानैदेखि पोखरीका डिलमा भक्तजनको घुइँचो थियो । जलाशयमा उभिएर व्रतालुहरूले सूर्यदेव र छठी माताको आराधना गरिरहेका थिए । घाटहरू दीप, दियो र बत्तीले झिलिमिली थिए । चारैतिर भक्तिमय वातावरण थियो । लोकगीतका मधुर धुनसँगै छठ पर्वको रौनकले जनकपुरधामका पोखरीहरूलाई जीवन्त बनाएको थियो ।
प्रकृतिसंगको प्रत्यक्ष सम्बन्धलाई दर्शाउने छठ पर्व समाप्त भएको केही बेरमै छठ घाट र पोखरीहरू अहिले फोहोरको थुप्रोले भरिएका छन् । जहाँ केही समयअघि भक्तजनहरू कम्मरसम्म पानीमा उभिएर सूर्यलाई अर्घ दिइरहेका थिए, त्यहीँ अहिले पूजामा प्रयोग गरिएका सामग्री, फलफूलका अवशेष, प्लास्टिकका झोला, दियो, बत्ती, घैला र अन्य फोहोर छरिएका छन् । पर्व सकियो, भक्तजन घर फर्किए, तर उनीहरूले छाडेका फोहोर भने पोखरी र घाटमै बाँकी छन् ।
Read full story at source ( nepallive.com )