Trending
Prev Story
Next Story

इन्धनको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ६२ करोड घाटा

Nagarik News •
November 16, 2026 • 02:47 PM
3
3 reads 0 reactions

नेपाल आयल निगम लिमिटेडले चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्य यथावत राखेको छ।

इन्धनको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ६२ करोड घाटा

नेपाल आयल निगम लिमिटेडले चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्य यथावत राखेको छ।

मूल्य यथावत राख्दा निगमलाई पाक्षिक रूपमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने देखिएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।

इण्डियन आयल कर्पोरेशनबाट कात्तिक २९ गते नयाँ खरिद मूल्य प्राप्त भए पनि निगम सञ्चालक समितिको कात्तिक ३० गते बसेको बैठकले साविककै खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको हो।

विगत केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेकाले कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन हुन नसकेको निगमले जनाएको छ।

निगमको डिपो तथा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोल, डिजेल र मट्टितेल तीनवटै इन्धनको प्रतिलिटर खुद्रा बिक्री मूल्य समान कायम गरिएको छ।

जसअनुसार पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम छ।

त्यस्तै, दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तथा तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर २०० रुपैयाँ मूल्य यथावत राखिएको निगमका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: ३० कार्तिक २०८३ २०:३२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
पेट्रोलियम पदार्थको मूल्य यथावत, १५ दिनमा १ अर्ब ६२ करोड घाटा हुने

पेट्रोलियम पदार्थको मूल्य यथावत, १५ दिनमा १ अर्ब ६२ करोड घाटा हुने

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आए पनि चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले पुरानै मूल्य कायम र...

#यथावत #निगम #आयल
Compare →
Onlinekhabar
1w ago
तिहार बिदामा आयल निगमको डिपो खुला रहने

तिहार बिदामा आयल निगमको डिपो खुला रहने

२० कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, …

#निगम #आयल
Compare →
Arthasansar
2w ago
नेपाल आयल निगमद्वारा एलपी ग्यास उद्योगहरू गाभ्ने प्रक्रिया सुरु

नेपाल आयल निगमद्वारा एलपी ग्यास उद्योगहरू गाभ्ने प्रक्रिया सुरु

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहको पहलमा नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया...

#निगम #आयल
Compare →
Ekantipur
2d ago
तीन खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम

तीन खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम

डिजिटल प्रणाली ईआरपीमार्फत १ हजार ५ सयभन्दा बढी डिलर, ६० बोटलर र ६० एयरलाइन्सले अनलाइन माग तथा डिजिटल भुक्तानी गर्न सक्ने।

#निगम
Compare →

Related Stories

World News
Build #2612