काठमाडौं । लामोसाँघु–तामाकोशी–जिरी सडकअन्तर्गत मुडे–चरिकोट खण्डको स्तरोन्नतिको बाँकी काम चार वर्षपछि पुनः अघि बढ्न थालेको छ । पटक–पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन नसकेको आयोजनाको काम ठेक्का तोड्ने प्रक्रिया अघि बढेपछि निर्माण कम्पनीले तिहारअघि पुनः सुरु गरेको हो ।
पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार २०७५ सालमा ठेक्का सम्झौता भएर सुरु भएको आयोजना लामो समयदेखि अलपत्र थियो । २०८० सालमा पुरानो ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाउने निर्णय भए पनि निर्माण कम्पनी अदालत पुगेपछि आयोजना थप अन्योलमा परेको थियो ।
Read full story at source ( kendrabindu.com )