Trending
Prev Story
Next Story

जनकपुरधामबाट रविले भने- मधेसले जाति छोड्यो, पहाडले पार्टी छोड्यो

Nagarik News •
November 16, 2026 • 10:00 AM
3
3 reads 0 reactions

रास्वपा सभापति रवि लामिछानेले मधेसले जाति र पहाडले पार्टी छोडेको उल्लेख गर्दै अब नेपाली जनतालाई अझै सार्वभौम बनाउनुपर्ने बताएका छन्।

जनकपुरधामबाट रविले भने- मधेसले जाति छोड्यो, पहाडले पार्टी छोड्यो

रास्वपा सभापति रवि लामिछानेले मधेसले जाति र पहाडले पार्टी छोडेको उल्लेख गर्दै अब नेपाली जनतालाई अझै सार्वभौम बनाउनुपर्ने बताएका छन्।

जनकपुरधामस्थित जानकी मन्दिर परिसरबाट पार्टीका नेता अमरेशकुमार सिंहको मेची-महाकाली पदयात्रालाई शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।

छठ पर्वको अवसरमा पूजाआजाका लागि जनकपुरधाम पुगेका सभापति लामिछानेले सिंहको पदयात्रा राजनीति र दलभन्दा धेरै माथि उठेर देशमा सद्भाव तथा राष्ट्रिय एकताको सन्देश दिन सफल हुने विश्वास व्यक्त गरे।

नेता सिंहले पहिलेदेखि नै हिमाल, पहाड र मधेस अर्थात् सिङ्गो देश जोड्ने गरी मेचीदेखि महाकालीसम्म पदयात्रा गर्ने बताउँदै आएको उनले उल्लेख गरे।

छठ जस्तो पवित्र बेला र जनकपुरधाम जस्तो पवित्र स्थलबाटै सद्भावको सुरुवात गर्न लागिएको उनले बताए। देशलाई शिरमा राखेर जाति, लिङ्ग, धर्म, सम्प्रदाय र भूगोल सबैलाई जोड्ने यात्रा सुरु गर्न उनले सिंहलाई शुभकामना दिए।

सभापति लामिछानेले लामो समयदेखि राजनीतिमा सक्रिय रहेका नेता सिंहका लागि रास्वपा नै अन्तिम गन्तव्य बन्ने र यहीँबाट निकास निस्किने विश्वास लिएको बताए। उनले यसपटकको निर्वाचनको सन्दर्भ कोट्याउँदै सद्भावपूर्ण यात्रा सफल रहोस् भन्ने शुभकामनासमेत व्यक्त गरे।

सो अवसरमा उनले जानकी मन्दिर प्राङ्गणमा उपस्थित भक्तजन तथा सर्वसाधारणलाई धन्यवाद दिएका थिए।

प्रकाशित: ३० कार्तिक २०८३ १५:४५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
मधेस पुगेर रविको घोषणा : ‘परिवर्तनको अनुभूति गराउन नसके फेरि मत माग्न आउँदिनँ’

मधेस पुगेर रविको घोषणा : ‘परिवर्तनको अनुभूति गराउन नसके फेरि मत माग्न आउँदिनँ’

मधेस पुगेर रविको घोषणा : ‘परिवर्तनको अनुभूति गराउन नसके फेरि मत माग्न आउँदिनँ’ केहि सेकेन्ड अघि धनुषा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको बहस र आलोचना आन...

#रवि-लामिछाने #मधेस
Compare →
Onlinekhabar
2d ago
छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

२८ कात्तिक, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् । सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विविधिपूर्वक छठ पर्व मनाउन …

#रवि-लामिछाने #जनकपुरधाम
Compare →

Related Stories

Politics & Governance
Build #2612