Trending
Prev Story
Next Story

छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

Onlinekhabar •
November 14, 2026 • 04:00 AM
2
2 reads 0 reactions

२८ कात्तिक, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् । सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विविधिपूर्वक छठ पर्व मनाउन …

छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

२८ कात्तिक, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् ।

सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विविधिपूर्वक छठ पर्व मनाउन जनकपुरधाम आउन लागेका हुन् ।

रास्वपा मधेश प्रदेश कार्यालयले जारी गरेको सूचना तथा जानकारी पत्रअनुसार लामिछाने शनिबार दिउँसो १२ः१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । त्यसपछि दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सभापतिबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

दिउँसो २ बजेदेखि ४ बजेसम्म सोही स्थानमा पार्टीका सबै तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया हुने तालिका छ । साँझ ५ बजे छठ पर्वको पूजा खरना तथा अन्य तयारीका लागि निर्धारित निवासस्थानतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

आइतबार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म जनकपुरधामसहित आसपासका विभिन्न धार्मिक स्थलको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ । यस क्रममा जानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मिथियानी लक्ष्मीनारायण मठ, जलेश्वरनाथ मन्दिरलगायतका धार्मिक स्थल पुग्ने कार्यतालिका छ ।

आइतबार दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित पवित्र गंगासागरमा आयोजना हुने छठ पर्वको पूजा अर्चना तथा धार्मिक अनुष्ठानमा सहभागी हुनेछन् ।

त्यस्तै, सोमबार बिहान ४ बजे उदाउँदो सूर्यलाई अर्घ्य अर्पण तथा छठ पर्वको विधि अनुष्ठानमा सहभागी भएपछि बिहान ८ बजे जनकपुर विमानस्थलबाट बिदाइ तथा प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपा मधेश प्रदेश कार्यालयले जनाएको छ ।

मधेश प्रदेशका महामन्त्री मानिकुमार साहद्वारा हस्ताक्षरित सूचनामा पार्टीका सम्पूर्ण तहका पदाधिकारी, सांसद, सदस्य तथा शुभेच्छुकहरूलाई आवश्यक समन्वय, सहकार्य र उपस्थितिका लागि आग्रह गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
23h ago
छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै, गंगासागरमा तयारी अन्तिम चरणमा

छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै, गंगासागरमा तयारी अन्तिम चरणमा

छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रमा पोखरी, तालतलैया तथा नदी किनारका घाटहरू सिँगार्न थालिएको छ । छठ पर्वको मुख्य केन्द्र मानिने जनकपुरधामका विभिन्न पोखरीमा सरसफाई, सजावट तथा व...

#जनकपुरधाम #पर्व #गंगासागर
Compare →
Nagarik News
28m ago
छठ मनाउन पत्नीसहित जनकपुर जान लागेका रविको यस्तो छ कार्यतालिका

छठ मनाउन पत्नीसहित जनकपुर जान लागेका रविको यस्तो छ कार्यतालिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व मनाउन जनकपुरधाम जाने भएका छन्।

#रवि-लामिछाने #जनकपुरधाम #पर्व
Compare →
Arthasansar
1h ago
छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको...

#पर्व
Compare →
Ekantipur
1h ago
छठ पर्व अन्तर्गत आज ‘खरना’

छठ पर्व अन्तर्गत आज ‘खरना’

शुक्रबार ‘नहायखाय’ विधिबाट छठ पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका ब्रतालुहरूले शनिबार ‘खरना’ विधि गर्दै छन्।

#पर्व
Compare →
Bizshala
1d ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#पर्व
Compare →

Related Stories

Sports
Build #2612