Trending
Prev Story
Next Story

आईसीसीद्वारा विश्वकप छनोटको नयाँ ढाँचा सार्वजनिक, सुपर सिक्स चरण हटाइयो

Nagarik News •
November 16, 2026 • 09:13 AM
4
4 reads 0 reactions

समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलका विजेताबीच उपाधिका लागि फाइनल खेल हुनेछ।

आईसीसीद्वारा विश्वकप छनोटको नयाँ ढाँचा सार्वजनिक, सुपर सिक्स चरण हटाइयो

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगिताको खेल संरचनामा महत्वपूर्ण परिवर्तन गरेको छ। आईसीसीले यसअघिका संस्करणमा रहँदै आएको सुपर सिक्स चरण हटाउँदै नयाँ ढाँचा लागू गर्ने निर्णय गरेको हो।

नयाँ व्यवस्थाअनुसार आगामी वर्ष फेब्रुअरी–मार्चमा हुने छनोट प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलका विजेताबीच उपाधिका लागि फाइनल खेल हुनेछ।

यसअघि समूह चरणपछि सुपर सिक्स खेलाइने व्यवस्था थियो। उक्त ढाँचामा कुल ३४ खेल हुन्थे भने नयाँ संरचनामा खेल संख्या घटेर २३ मा सीमित हुनेछ। आईसीसीले इन्डोनेसियाको बालीमा बसेको बैठकपछि नयाँ संरचना सार्वजनिक गरेको हो।

छनोट प्रतियोगितामा हालसम्म वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमानले स्थान सुरक्षित गरिसकेका छन्। बाँकी चार टोलीको टुंगो नेपालमा आयोजना हुने छनोट प्लेअफबाट लाग्नेछ।

नयाँ विश्वकप संरचनाअनुसार छनोट प्रतियोगिताको विजेताले १४ टोली सहभागी हुने मुख्य विश्वकपमा सीधा प्रवेश पाउनेछ। दोस्रो, तेस्रो र चौथो हुने टोलीले भने सुपर सिरिजको पहिलो चरण खेल्नुपर्नेछ।

यसैबीच, आईसीसीले सन् २०२८ को पुरुष तथा महिला टी–२० विश्वकप छनोट प्रक्रिया पनि सार्वजनिक गरेको छ। पुरुषतर्फ १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ र आठ टोली विश्वकपमा पुग्नेछन्।

महिलातर्फ भने १० टोलीले स्वतः स्थान बनाइसकेका छन्। बाँकी दुई स्थानका लागि १० टोलीबीच विश्वव्यापी छनोट प्रतियोगिता हुनेछ।

आईसीसीको नयाँ निर्णयले अन्तर्राष्ट्रिय क्रिकेटको छनोट प्रक्रियालाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १४:५८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
4h ago
एकदिवसीय विश्वकप छनोटमा सुपर सिक्स चरण हटाइयो

एकदिवसीय विश्वकप छनोटमा सुपर सिक्स चरण हटाइयो

३० कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताबाट सुपर सिक्स चरण हटाएको छ। यसअघि लगातार तीन संस्करणमा प्रयोग गरिएको सुपर सिक्सको संरचना हटाउँदै आईसीसीले आगामी छनोट प्रतियोगिता नयाँ …

#विश्वकप #छनोट #सुपर
Compare →
Hamro Patro News
5h ago
एनपीएल : सकियो लिग चरण, कुन टिमको खेल कस्तो रह्यो ?

एनपीएल : सकियो लिग चरण, कुन टिमको खेल कस्तो रह्यो ?

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ । हिजो सोमबार सम्पन्न दुई खेलको नतिजासँगै प्रतियोगिताको पहिलो चरण पूरा भएको हो । लिग चरणका खेल सकिँदा ...

#चरण
Compare →
Ekantipur
2d ago
क्यानको मान्यता पाँच जिल्लालाई, क्रिकेटको कोसी छनोटमा नौ जिल्ला सहभागी

क्यानको मान्यता पाँच जिल्लालाई, क्रिकेटको कोसी छनोटमा नौ जिल्ला सहभागी

क्यानको मान्यता प्राप्त जिल्लाभन्दा बाहिरका चार जिल्लासमेत सहभागी भएपछि यसपटकको छनोट प्रतियोगिताले प्रदेशमा क्रिकेटको विस्तार र सहभागिताको दायरा बढेको संकेत गरेको छ ।

#छनोट
Compare →

Related Stories

Sports
Build #2612