Trending
Prev Story
Next Story

बन्दुक बोकेर जंगलमा उत्रिए अक्षय कुमार, यसपटक हुनेछ खतरनाक भिडन्त

Onlinekhabar •
November 16, 2026 • 09:30 AM
2
2 reads 0 reactions

बलिउड अभिनेता अक्षय कुमार यसपटक फरक अवतारमा दर्शकमाझ आउने तयारीमा छन् । उनको आगामी साइन्स फिक्सन एक्सन थ्रिलर फिल्म ‘समुक’को नयाँ मोसन पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अक्षय बन्दुक बोकेर घना जंगलमा उभिएको देखिएका …

बन्दुक बोकेर जंगलमा उत्रिए अक्षय कुमार, यसपटक हुनेछ खतरनाक भिडन्त

बलिउड अभिनेता अक्षय कुमार यसपटक फरक अवतारमा दर्शकमाझ आउने तयारीमा छन् । उनको आगामी साइन्स फिक्सन एक्सन थ्रिलर फिल्म ‘समुक’को नयाँ मोसन पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अक्षय बन्दुक बोकेर घना जंगलमा उभिएको देखिएका छन् । त्यहाँ एउटा विशालकाय जीवको हात पनि देखिन्छ । यसले फिल्ममा अक्षयको सामना कुनै खतरनाक जीवसँग हुन सक्ने संकेत गरेको छ ।

अक्षय कुमारले सामाजिक सञ्जालमार्फत फिल्मको मोसन पोस्टर सार्वजनिक गर्दै नोभेम्बर १६ दिउँसो २ बजेर ७ मिनेटमा फिल्मसम्बन्धी नयाँ जानकारी सार्वजनिक हुने बताएका थिए ।

उनले पोस्टरसँगै लेखेका छन्, ‘एक सिकारी, एउटा मिसन र यस्तो लडाइँ, जहाँ कुनै नियम छैनन् ।’

पोस्टरमा देखिएको विशालकाय जीवको हातले फिल्ममा कुनै रहस्यमय र खतरनाक प्राणीको सामना गर्नुपर्ने संकेत गर्छ । यद्यपि, फिल्मको कथावस्तु र अक्षयले निर्वाह गर्ने पात्रबारे विस्तृत जानकारी सार्वजनिक भएको छैन ।

कनिष्क वर्माको निर्देशनमा बन्न लागेको यो फिल्म सन् २०२७ मे २८ मा सिनेमा घरमा प्रदर्शन हुनेछ । विपुल अमृतलाल शाहले सनसाइन पिक्चर्सको ब्यानरमा फिल्म निर्माण गरिरहेका छन् । फिल्ममा अक्षय कुमारसँगै रुक्मिणी मैत्रा, विनीत कुमार सिंह, रजत कपूर, स्वानन्द किरकिरे, बनिता सन्धु र सुशान्त सिंह पनि देखिनेछन् ।

फिल्मको अधिकांश छायांकन बेलायतमा गरिएको छ । रिपोर्टअनुसार, बेलायतमा निर्धारित छायांकनको करिब ८० प्रतिशत काम पूरा भएको थियो । फिल्मको अर्को विशेष पक्ष यसमा जोडिएका प्राविधिक हुन् । ‘एलियन’ र ‘प्रिडेटर’ जस्ता चर्चित हलिउड फिल्ममा काम गरिसकेका ओस्कारमा मनोनीत क्रिएचर इफेक्ट्स डिजाइनर एलेक गिलिसलाई यसमा सहभागी गराइएको छ ।

त्यस्तै, बेलायती एक्सन निर्देशक लुक टम्बरले फिल्मका एक्सन दृश्य तयार पारेका छन् ।

साइन्स फिक्सन, जंगल, रहस्यमय जीव र एक्सनको संयोजन रहेको ‘समुक’मा अक्षय कुमारको नयाँ अवतार दर्शकका लागि कति रोमाञ्चक हुनेछ, त्यो भने प्रदर्शनपछि नै थाहा हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
‘दले दाइ’को डेब्यू फिल्मको पोस्टर !

‘दले दाइ’को डेब्यू फिल्मको पोस्टर !

काठमाडौं । दले दाइ पात्रका कारण चर्चामा आएका कलाकार सुमन कोइरालाको डेब्यू फिल्म तिरिमिरी झ्याइँको पहिलो पोस्टर सार्वजनिक भएको छ । पहिलो पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले माघ २८ लाई प्रदर्शन मित...

#पोस्टर #फिल्म
Compare →
Ekantipur
1d ago
बैतडीमा भरुवा बन्दुकसहित एकजना पक्राउ

बैतडीमा भरुवा बन्दुकसहित एकजना पक्राउ

दोगडाकेदार गाउँपालिका–३ का लोकेश ऐरीको घरमा खानतलासी गर्दा बन्दुक भेटिएपछि पक्राउ गरेको हो।

#बन्दुक
Compare →
Nagarik News
1w ago
‘सरकारको स्क्रिप्टमा गगन थापा तर्सिँदैनन्, कठघरामा त कुमार बेन उभिनुपर्छ’

‘सरकारको स्क्रिप्टमा गगन थापा तर्सिँदैनन्, कठघरामा त कुमार बेन उभिनुपर्छ’

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले डिजिटल प्रमाण नष्ट गरेको र अनुसन्धान प्रभावित पारेको आरोपमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन छानबिनको कठघरामा उभिनुपर्ने बताएका छन्।

#कुमार
Compare →

Related Stories

World News
Build #2612