Trending
Prev Story
Next Story

ह्याथवे इन्भेष्टमेन्टले कमायो रु.३ करोड नाफा, ईपीएस कति ?

Bizshala •
November 16, 2026 • 08:34 AM
3
3 reads 0 reactions

काठमाण्डौ । ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको...

ह्याथवे इन्भेष्टमेन्टले कमायो रु.३ करोड नाफा, ईपीएस कति ?

काठमाण्डौ । ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत एकीकृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २१ करोड ६ लाख रुपैयाँ घाटामा थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य रूपमा बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ९७ लाख ६ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी बढेर यस वर्ष ४३ करोड ४१ लाख ४५ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको कुल आम्दानी ४३ करोड ४२ लाख ३० हजार रुपैयाँ पुगेको छ भने कुल खर्च ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीले करअघिको नाफा ३ करोड ९७ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ५८ करोड ५५ लाख ८४ हजार रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको सञ्चित घाटा ६ करोड ६ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ।

त्यस्तै कम्पनीको कुल सम्पत्ति ४ अर्ब ४ करोड ८४ लाख ५२ हजार रुपैयाँ पुगेको छ। कम्पनीको कुल दायित्व २ अर्ब ८४ लाख २२ हजार रुपैयाँ रहेको छ।

कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) ३.७९ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा ईपीएस ऋणात्मक २६.५७ रुपैयाँ थियो।

त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ६२.८१ रुपैयाँ र कुल सम्पत्तिको प्रतिसेयर मूल्य १२७.६६ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
3h ago
घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको...

#नाफा #त्रैमास #घाटा
Compare →
Onlinekhabar
1d ago
माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

२९ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले तीन महिनामै करिब ४ अर्बको बिजुली बिक्री गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी ३ …

#नाफा #कमायो
Compare →
Hamro Patro News
1d ago
नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

नेपाल टेलिकमको नाफामा ३७ प्रतिशतभन्दा बढी वृद्धि, पहिलो त्रैमासिकमै कमायो १ अर्ब ८२ करोड

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा खुद नाफा ३७.३५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअन...

#नाफा #कमायो
Compare →
Ekantipur
1d ago
कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

बैंकहरू ब्याजदर घटेकोले कर्जाको लागत घट्दा वित्तीय खर्च पनि घटेको हो ।

#नाफा
Compare →

Related Stories

National (Nepal)
Build #2612