Trending
Prev Story
Next Story

युनाइटेड अजोड इन्स्योरेन्सको घाटा ५ करोड बढी, इपीएस कति ?

Arthasansar •
November 16, 2026 • 05:35 AM
4
4 reads 0 reactions

युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्म ५ करोड २९ लाख ८४ हजार रुपैयाँ खुद घाटा...

युनाइटेड अजोड इन्स्योरेन्सको घाटा ५ करोड बढी, इपीएस कति ?

युनाइटेड अजोड इन्स्योरेन्सको कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्म ५ करोड २९ लाख ८४ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उक्त घाटा देखिएको हो ।

गत वर्षको सोही अवधिमा कम्पनीको घाटा १५ करोड ११ लाख ९३ हजार रुपैयाँ थियो। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानीसमेत ऋणात्मक ८ रुपैयाँ ३ पैसा रहेको छ । कम्पनीको आम्दानीतर्फ भने केही सुधार देखिएको छ । समीक्षा अवधिमा खुद बीमाशुल्क आम्दानी ३४ करोड ६२ लाख ९९ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको २४ करोड ५५ लाख ५८ हजार रुपैयाँको तुलनामा ४१.०३ प्रतिशतले बढी हो ।

त्यस्तै, कुल आम्दानी ४९ करोड ४० लाख ५२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३६ करोड ३४ लाख ६१ हजार रुपैयाँ थियो। आम्दानी बढे पनि दाबी भुक्तानीको भार र सञ्चालन खर्चको दबाब कम्पनीका लागि चुनौती बनेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीले ३९ करोड ८२ लाख ९२ हजार रुपैयाँ बराबरको कुल बीमा दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो भुक्तानी ३३ करोड ६५ लाख ९८ हजार रुपैयाँ थियो।

अर्कोतर्फ, लगानी तथा कर्जाबाट हुने आम्दानी ४ करोड ३३ लाख १६ हजार रुपैयाँबाट घटेर ३ करोड ३४ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ। त्यस्तै, बीमा कोष ३ अर्ब ५९ करोड ६ लाख ६२ हजार रुपैयाँबाट घटेर ३ अर्ब ३७ करोड ७० लाख ८१ हजार रुपैयाँमा झरेको छ। कम्पनीको चुक्ता पुँजी भने २ अर्ब ३१ करोड रुपैयाँबाट बढेर २ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ३८ पैसा रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
5m ago
होटल फरेस्ट इन झण्डै ५ करोड घाटामा, आम्दानी बढे पनि वित्तीय अवस्थामा दबाब !

होटल फरेस्ट इन झण्डै ५ करोड घाटामा, आम्दानी बढे पनि वित्तीय अवस्थामा दबाब !

काठमाण्डौ । होटल फरेस्ट इन लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ४ करोड ९९ लाख ४८ हजार रुपैयाँ खुद घाटामा...

#घाटा
Compare →
Hamro Patro News
1h ago
घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा घाटामा रहेको कम्पनी ...

#घाटा
Compare →
Ekantipur
1d ago
भारतसँगको व्यापार घाटा घटाउन विशेष सुविधा माग्नुपर्छ : भट्टराई

भारतसँगको व्यापार घाटा घटाउन विशेष सुविधा माग्नुपर्छ : भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल–भारत आर्थिक सम्बन्धमा रहेको संरचनागत असमानता र व्यापार घाटा सच्याउनुपर्ने बताएका छन्। कृषि उत्पादन निर्यातमा सहजीकरण र तुलनात्मक लाभका क्षेत्रमा विशेष संरक्षण आवश्यक रहेको उनको भनाइ छ।

#घाटा
Compare →

Related Stories

Business & Economy
Build #2612