Trending
Prev Story
Next Story

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

Ekantipur •
November 16, 2026 • 04:02 AM
4
4 reads 0 reactions

छठघाटमा व्रतालुहरूले दर्शन गर्न पुगेका विवाहित महिलालाई नाकदेखि सिउँदोसम्म सौभाग्यको टीका लगाइदिएका थिए। यसो गर्दा पति र सन्तानको दीर्घायु हुने धार्मिक विश्वास छ।

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

छठघाटमा व्रतालुहरूले दर्शन गर्न पुगेका विवाहित महिलालाई नाकदेखि सिउँदोसम्म सौभाग्यको टीका लगाइदिएका थिए। यसो गर्दा पति र सन्तानको दीर्घायु हुने धार्मिक विश्वास छ।

पर्सा — तराई मधेशको लोकआस्थाको पर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सोमबार बिहान सम्पन्न भएको छ। झिसमिसेमै जलाशय तथा नदी किनारका छठघाटमा पुगेका व्रतालुहरू उदाउँदो सूर्यको प्रतीक्षामा पानीमा उभिएका थिए। सूर्य उदाएपछि उनीहरूले विधिपूर्वक अर्घ्य दिएर यस वर्षको कात्तिक छठ पर्व सम्पन्न गरेका हुन्।

शनिबार ‘खरना’ विधिअन्तर्गत दूध र गुड हालेर पकाइएको खीर (रस्याउ) तथा रोटी खाएका व्रतालु आइतबार दिनभर निर्जल र निराहार बसेर कठोर व्रतमा बसेका थिए। आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका उनीहरूले सोमबार बिहान उदाउँदो सूर्यको उपासना गरेपछि व्रत समापन गरेका हुन्।

छठघाटमा व्रतालुहरूले दर्शन गर्न पुगेका विवाहित महिलालाई नाकदेखि सिउँदोसम्म सौभाग्यको टीका लगाइदिएका थिए। यसो गर्दा पति र सन्तानको दीर्घायु हुने धार्मिक विश्वास छ।

छठमा व्रतालुहरूले बाँसको सुपुलीमा नरिवललगायत पूजा सामग्री राखेर अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ्य दिने परम्परा छ। उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि प्रसाद ग्रहण गरेर व्रतालुले आफ्नो निर्जल व्रत तोडेका छन्। छठका लागि घरघरमा पिठोबाट बनाइने परम्परागत परिकार ठेकुवालगायत प्रसाद पनि तयार पारिएको छ।

घाटबाट घर फर्किएका व्रतालुले छरछिमेक, आफन्त र इष्टमित्रलाई प्रसाद वितरण गरेका छन्। विशेषगरी चेलीबेटीको घरमा अनिवार्य रूपमा प्रसाद पठाउने परम्परा छ। छठको यस्तो कोसेलीलाई ‘बायन’ भन्ने चलन छ।

छठ पर्वका लागि वीरगन्जका घडिअर्वा, रानीघाट, नगवा, मुर्लीलगायतका घाटलाई बेहुलीझैँ सिँगारिएको थियो। जिल्लाका ग्रामीण भेगका अधिकांश गाउँमा समेत छठघाट निर्माण तथा सजावट गरिएको थियो। चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्परासहित मनाइएको छठ पर्वको समापनसँगै घाटहरूमा व्रतालु तथा दर्शनार्थीको चहलपहल घटेको छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न हुँदै

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न हुँदै

काठमाडौं । सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अर्घ्य अर्पण गरिँदै छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म विभिन्न धार्मिक व...

#सूर्य #उदाउँदो #अर्घ्य
Compare →
Bizshala
3h ago
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सकियो

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सकियो

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व आज सम्पन्न भएको छ। कात्तिक शुक्ल सप्तमीका दिन बिहान...

#सूर्य #उदाउँदो #अर्घ्य
Compare →
Nagarik News
4h ago
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका व्रतालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन्।

#सूर्य #अर्घ्य #पर्व
Compare →
Onlinekhabar
4h ago
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

३० कात्तिक, काठमाडौं । छठपर्व आज समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो । आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर …

#सूर्य #उदाउँदो #अर्घ्य
Compare →

Related Stories

World News
Build #2612