३० कात्तिक, काठमाडौं । छठपर्व आज समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो ।
आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
व्रतालुहरूले आइतबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरूले आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो ।
काठमाडौंको कमलपोखरी लगायतका ठाउँमा र तराई मधेशका सबै ठाउँहरू छठ पर्व मनाइएको छ ।
छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।