३० कात्तिक, काठमाडौं । उदाउँदै गरेको सूर्यलाई सोमबार बिहान अर्घ्य दिएपछि चारदिने छठ पर्व सकिएको छ । आइतबार अस्ताउँदै गरेको सूयलाई अर्घ्य दिएका व्रतालुहरूले सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन् ।
काठमाडौं उपत्यकाका नदी किनार र पोखरीहरुबाट पनि व्रतालुले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
योसँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान चाडको उल्लास अब सकिएको छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइनुको साथै सन्तान सुख प्राप्ति हुन्छ भन्ने धार्मिक जनविश्वास रही आएको छ ।
२०४६ साल अघिसम्म तराई मधेशका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ ।
काठमाडौं उपत्यकामा उल्लासमय वातावरणमा छठ पर्व मनाउने गरिन्छ ।
छठ पर्वको अवसरमा सरकारले यस वर्ष आज सोमबार पनि सार्वजनिक बिदा दिएको छ ।
हेर्नुहोस् काठमाडौंस्थित बागमती नदी किनारको थापाथली क्षेत्रबाट उदाउँदो सूर्यलाई अर्घ्य दिँदै गरेका व्रतालुहरू :
धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।