इटाली। विश्व फुटबलका चर्चित ब्राजिलियन स्टार रोनाल्डिन्हो ११ वर्षपछि पुनः व्यावसायिक फुटबल मैदानमा फर्किएका छन्। ४६ वर्षको उमेरमा इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्दै उनले आफ्नो फुटबल करियरको विशेष पुनरागमन गरेका हुन्।
आइतबार (नोभेम्बर १५) राभेनाले स्थानीय प्रतिद्वन्द्वी फोर्लीविरुद्ध खेलेको खेलमा रोनाल्डिन्हो पहिलो रोजाइमै मैदान उत्रिएका थिए। जर्सी नम्बर १० लगाएर मैदान प्रवेश गरेका उनलाई समर्थकहरूले भव्य स्वागत गरेका थिए। खचाखच भरिएको स्टेडियममा उनको पुनरागमन हेर्न हजारौँ दर्शक उपस्थित थिए।
Read full story at source ( barnanmedia.com )