Trending
Prev Story
Next Story

हर्क साम्पाङ फुटबल कपमा नौ टिमबीच प्रतिस्पर्धा हुने, विजेतालाई २ लाख नगद

Ekantipur •
November 13, 2026 • 09:31 AM
2
2 reads 0 reactions

कोशी प्रदेशका नौ टोली सहभागी हुने प्रतियोगिता मंसिर १७ गतेसम्म क्षेत्रीय रंगशालामा सञ्चालन हुनेछ।

हर्क साम्पाङ फुटबल कपमा नौ टिमबीच प्रतिस्पर्धा हुने, विजेतालाई २ लाख नगद

कोशी प्रदेशका नौ टोली सहभागी हुने प्रतियोगिता मंसिर १७ गतेसम्म क्षेत्रीय रंगशालामा सञ्चालन हुनेछ।

सुनसरी — सुनसरीको इटहरीमा आगामी मंसिर १० गतेदेखि ‘हर्क साम्पाङ फुटबल कप’ आयोजना हुने भएको छ । श्रम संस्कृति पार्टी इटहरी युवा नगर समितिको आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका नौवटा फुटबल टिमले प्रतिस्पर्धा गर्ने शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

इटहरीस्थित क्षेत्रीय रंगशालामा मंसिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन कोशी प्रदेशका १४ वटै जिल्ला फुटबल संघलाई पत्राचार गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा युनाइटेड क्लब तरहरा, पथरी ११ मोरङ, रारा फुटबल क्लब राजारानी धनकुटा, चुलाचुली स्पोर्टिङ क्लब झापा, राष्ट्रिय जागृति क्लब इटहरी, ब्रदर्शहुड क्लब उदयपुर, रेडहर्स फुटबल क्लब इलाम, केडीएफए खोटाङ र कोदार फुटबल क्लब भोजपुरले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ तथा विधागत रूपमा उत्कृष्ट हुने खेलाडीलाई जनही १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ द म्याचलाई समेत पाँच हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक ताजिना विष्टले जानकारी दिइन् । प्रतियोगिताका लागि आवश्यक रकम दाताहरूबाट संकलन गरिने उनले बताइन् । उनका अनुसार हालसम्म अनुमानित खर्चको ६० प्रतिशत रकम संकलन भइसकेको छ भने बाँकी रकम संकलन गर्ने काम भइरहेको छ ।

प्रतियोगिताको उद्घघाटन श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गर्ने कार्यक्रम तय गरिएको छ । खेलकुदमार्फत युवालाई एकताबद्ध गर्ने, खेल प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने तथा खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको समापनका दिन चर्चित गायक राजेश पायल राईको सांगीतिक प्रस्तुति पनि रहने प्रतियोगिता संयोजक रोशन राईले जानकारी दिए । खेलकुदसँगै सांगीतिक कार्यक्रमसमेत समावेश गरेर प्रतियोगितालाई उत्सवका रूपमा सञ्चालन गर्ने तयारी गरिएको उनले बताए । आयोजकले प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिसकेको छ । मंसिर १० गतेको उद्घाटन खेल युनाइटेड क्लब र पथरी ११ बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
फुटबल मैदानमा खेलाडीको मृत्युपछि गोलकिपरलाई १२ खेलको प्रतिबन्ध

फुटबल मैदानमा खेलाडीको मृत्युपछि गोलकिपरलाई १२ खेलको प्रतिबन्ध

स्पेनिस फुटबल महासंघले एन्डोराका गोलकिपर जेसुस ओवोनोलाई टेनेरिफका स्ट्राइकर जेसुस डे मिगुएलसँगको मैदानभित्रको भीषण ठक्कर प्रकरणमा १२ खेलका लागि प्रतिबन्ध लगाएको छ। उक्त घटनाको एक दिनपछि ३० वर्षीय ड...

#फुटबल
Compare →
Nagarik News
1d ago
फङ्फङदेन झरना मेलाको फुटबल तालिका सार्वजनिक, विजेतालाई अलैँची पुरस्कार

फङ्फङदेन झरना मेलाको फुटबल तालिका सार्वजनिक, विजेतालाई अलैँची पुरस्कार

मंसिर २ गते हुने उद्घाटन खेलमा आयोजक टोलीले अपर मेवा जलविद्युत् आयोजना, काठमाडौंको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

#फुटबल #विजेतालाई
Compare →

Related Stories

Sports
Build #2612