नेपाल घुमन्ते तथा आगन्तुक चराचुरुङ्गीका लागि महत्त्वपूर्ण गन्तव्य भए पनि पछिल्लो समय सिमसार क्षेत्रको विनाश र मानवीय हस्तक्षेपका कारण हिउँदे चराको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ । ‘बर्ड कञ्जरभेसन’ नेपालका अनुसन्धान अधिकृत आनन्दकुमार श्रेष्ठका अनुसार नेपालमा करिब १५० प्रजातिका आगन्तुक चरासहित ९०२ भन्दा बढी प्रजातिका चराहरू अभिलेख गरिएका छन् ।
विभिन्न उचाइ र भौगोलिक क्षेत्रमा मौसमी बसाइँसराइ गर्ने यी चराहरूमध्ये कोकिल, कोइली, फ्लाइक्याचरलगायत प्रजातिहरू प्रजननका लागि गर्मीयाममा नेपाल आइपुग्ने र साइबेरियालगायत हजारौँ किलोमिटर टाढाका क्षेत्रबाट हिउँद छल्न विभिन्न प्रजातिका पानीचरा जाडोयाममा यहाँ आउने गरेका उनले जानकारी दिए ।
Read full story at source ( lokaantar.com )