Trending
Prev Story
Next Story

‘कलाकारलाई जेल– मुर्ख लाटोले बुझेन’

Onlinekhabar •
November 15, 2026 • 02:31 PM
2
2 reads 0 reactions

फिल्म 'बलिदान' का लागि रामेशले बनाएको गीत रिमेक गर्दै र्‍यापर बालेनले गाएका थिए, 'कलाकारलाई जेल– मुर्ख लाटोले बुझेन ।' यस्तै भयो दुई दिनअघि । कलाकार गौरी मल्ल, मनोज गजुरेललाई पुलिसले 'ककाकिकी' सिनेमाकै प्रिमियरबाट उठाएर लगेको …

‘कलाकारलाई जेल– मुर्ख लाटोले बुझेन’

फिल्म ‘बलिदान’ का लागि रामेशले बनाएको गीत रिमेक गर्दै र्‍यापर बालेनले गाएका थिए, ‘कलाकारलाई जेल– मुर्ख लाटोले बुझेन ।’ यस्तै भयो दुई दिनअघि । कलाकार गौरी मल्ल, मनोज गजुरेललाई पुलिसले ‘ककाकिकी’ सिनेमाकै प्रिमियरबाट उठाएर लगेको हल्ला मनोरञ्जन पत्रकारहरूले तथ्यजसरी फैलाए । धेरैले यसलाई पत्याइसक्दा कलाकारिता र पत्रकारितामात्रै होइन, सुरक्षा क्षेत्रको समेत धेरथोर बदनाम भइसकेको थियो ।

सिनेमा चलाउन फन्डा र सटकट अपनाउने प्रचलन यसअघि पनि थियो । तर यो हलुकापनमा कलाकार र पत्रकारमात्रै होइन, प्रहरी पनि मुछिएका छन् । या भनौं, प्रहरीलाई मुछिएको छ । कलाकार मनोज गजुरेलले आफू मुछिएकोमा आत्मसमीक्षा गर्दै माफी मागिसकेका छन् ।

प्रहरीले कलाकार समातेको विषय एकदमै हलुका पारामा उठाइएको भए पनि त्यसले हाम्रो अहिलेको राज्यप्रणालीमा अभिव्यक्ति स्वतन्त्रता कहाँ छ भन्ने प्रश्न उठाइदिएको छ । खासगरी प्रहरी कसरी नियम, कानुन पालना गराउनेमा भन्दा राज्यमा बसेका केही व्यक्तिको सनक र लहड तामेल गर्ने इकाइमा परिणत हुँदैछ भन्ने गम्भीर सन्देश र संकेत पनि यस भद्दा प्रचारबाजीभित्र लुकेको छ ।

हुन त हामी गृहमन्त्री सुदन गुरुङ रातो पासपोर्ट बोकेर पनि सर्वसाधारणकै लाइनमा पसेर विदेश गए भन्दैमा मख्ख छौं । प्रहरीका आईजीपी वा तिनका सहायकलाई पठाउनुपर्ने इन्टरनेसनल कन्फ्रेन्समा गृहमन्त्री आफैं गएका विषयमा प्रश्न उठाउनु आवश्यक ठान्दैनौं । अझ आफूसँग असहमति राख्नेहरूलाई चित्त बुझाउने होइन, पुलिसको सर्भिलियन्स लगाउनेमा सत्तासीनहरू दिलचस्पी राख्न थालेका छन् भन्दा हामी नै पत्याउँदैनौं । खासमा हामी जनता पनि यस्तै, यस्तै त छौं ।

फेरि प्रहरीकै कुरा गरुँ । प्रहरी हाम्रो सुरक्षादाता हो, हाम्रो रक्षक । तर सिनेमामा मात्रै होइन, वास्तविक जीवनमा पनि यो केही समययता हाँसोको पात्र बन्दै आएको छ ।

५० को दशकको अन्तिमतिर बनेका केही सिनेमामा प्रहरीलाई सुरक्षा दिन नसक्ने, आदेश तामेल गर्न नसक्ने प्रहसनको पात्र बनाउने गरिन्थ्यो । सेना वा एपीएफलाई चाहिँ अलिक शक्तिशाली जस्तो गरी देखाउने गरिन्थ्यो । जनताबाट जति टाढा भयो, उति आकर्षक भन्ने धारणा सुरक्षा क्षेत्र हुँदै राजनीतिमा पनि प्रवेश गरेको छ ।

जनतासँग दैनिक जीवनमा जोडिएको प्रहरी, अझ नेपालको प्रजातान्त्रिक परिवर्तन क्रममा मुक्तिसेना हुँदै जोडिएर आएको प्रहरीलाई किन यसरी हलुका देखाउने चलन सुरु भयो, कलाकारले मात्रै होइन, प्रहरीले पनि समीक्षा गर्नुपर्छ । हामी पत्रकार, नागरिक समाज सबैले घोत्लिएर सोच्नुपर्छ ।

अब हेर्नुस् न, यसरी सोच्न नपाउँदै चर्चामा आइदियो निवर्तमान आईजीपी दानबहादुर कार्कीको एउटा गीत । यी कार्की, जसलाई सरकारले अंग्रेजीको एउटा फ्रेज किकिङ अप्स्टेयर अर्थात् भुक्क लात्ताले दिएर माथिल्लो तलामा चढाए जस्तो देखिन्छ । मतलब उनी यतिबेला प्रधानमन्त्रीका विशेष सुरक्षा सल्लाहकार हुन पुगेका छन् । उनै कार्कीले लेखेको आमा म त फर्केर आएँ भन्ने गीत यतिबेला ट्रोलको सिकार भइरहेको छ ।

गीतको मुखडामा गायकले उठाएको आवाज यतिबेला सामाजिक ट्रोलको तारोमा छ । गीत स्वयंमा भने प्रहरीसमेतले शान्तिसुरक्षा कायम गर्ने क्रममा, भिडको सामना गर्ने क्रममा भोगिरहेका दुःखलाई चित्रण गर्ने खालको छ । प्रहरीको आधिकारिक पेजबाट सेयर गीतमा गायकको नाम लुकाइएको छ ।

उसो त पुलिसका दुःखहरू आफ्नै छन्, जसका बारे सायद धेरै रिपोर्टिङसमेत हुन बाँकी छ । तथ्यहरू आउँदै जालान्, तर कविहरूले सत्यलाई आफ्नै शैलीमा चित्रण गर्छन् । कवि नवराज पराजुलीले भाइटीकाका दिन दिदीको तस्वीरसहित एउटा पोस्ट गरे फेसबुकमा– मेरी दिदी प्रहरीमा छे । हतारहतार भाइटीका लगाएर, खाना पनि खान नपाई, झोलामा खाना बोकेर ड्युटीमा गई ।

गीत दुवै खाले हुन सक्छन्, प्रहरीबाट दुःख अनि अत्याचार भोगेका नागरिकहरूबारे पनि धेरै गीत बनेका छन् ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नीर शाह लगायतको अभिनय रहेको बलिदान सिनेमा हेर्दा प्रहरीबाट पीडित जनता देख्न सकिन्छ । त्यही प्रहरी संगठनभित्र क्रान्तिकारीहरूप्रति स्नेह राख्ने अफिसरहरू पनि थिएछन् भन्ने झल्को मिल्छ ।

पछिल्लो समयमा प्रहरीलाई भिलेन बनाउँदै त्यस्तरी गीत बनाउनेहरूमध्ये धेरै चाहिँ र्‍यापरहरू छन्, जसले आफ्ना र्‍यापमा पुलिसलाई गाँजा खान नदिने, कुटपिट गर्ने डन्ठेका रूपमा वर्णन गरिएको हुन्छ

माथि नै भनिसकियो– बलिदान सिनेमाको गीत गरिबको चमेली प्रयोग गर्दै बालेनले एउटा लाइन बोलेका छन्, ‘कलाकारलाई जेल, मुर्ख लाटोले बुझेन ।’

हुन त हाल प्रधानमन्त्री रहेका बालेनले सुरक्षाकर्मीले समेत थोपेरेको सामाजिक अन्यायका बारेमा गीत बनाएर शक्ति आर्जन गरेका छन् । उनका गीतहरूमा प्रहरी पनि शोषक र अत्याचारी हुनसक्छ भन्ने देखाइएको छ । भारतीय ब्यान्ड इन्डियन ओशनको गीतै छ– डाकुकी रक्षा दरोगा करें मेरे भाइ ।

हिन्दी गीतको कुरा एकछिन छाडौं । बालेनको कुरा गरुँ । के उनी प्रधानमन्त्री रहेका बेला प्रहरी फेरि दमनकारी बन्दै गएको झल्को मिलिरहेको हो ? गैरकानुनी धरपकडदेखि केही व्यक्तिका स्टन्ट गर्ने चाहनामा प्रहरी कसरी मुछिँदै आयो ? यो समीक्षा चाहिँ सरकारले गरोस् ।

प्रहरी र यसका नयाँ आईजीपी डा. मनोज केसीको नेतृत्वले पनि कस्ता आदेश पालना गर्ने, कस्ता आदेशबारे चाहिँ नियमकानुन सम्झाउँदै रिभ्यु गर्न सरकारलाई लगाउने ? केही सोचुन् ।

अब अन्तिम कुरा चाहिँ सिनेमावालाहरूलाई । सिनेमा निर्माताहरूले यस्ता प्रचारबाजी होइन, साँच्चिकै गतिलो कन्टेन्ट दिएमात्र दर्शकको दिल जित्न सकिन्छ भन्ने बुझुन् ।

उदाहरणै छन् त पछिल्ला– जार : भएकै एक कथा, एलिफेन्ट्स इन् द फग अर्थात् उनीहरू, वा केही समयअघि मीन भामको शाम्बाला, नवीन सुब्बाको गाउँ आएको बाटो जस्ता सिनेमा बने । ठूला बजेटका मात्रै होइन, लोबजेटमा बनेका अरू पनि केही सिनेमा छन् जसको नाम यहाँ लिन सम्भव छैन, तर नेपाली सिनेमाको रङ तिनले बदल्दैछन् ।

गौरी मल्ल जस्ता कलाकारहरूले आफ्नो विरासत हेरे पुग्छ, चेतनालाई सोधे पनि पुग्छ । किन यस्तो हलुका र सस्तो पारा देखाउने ?

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
23h ago
फिल्म प्रचारमा कलाकार पक्राउको 'स्टन्ट', आलोचना भएपछि निर्माण टिमको स्पष्टीकरण

फिल्म प्रचारमा कलाकार पक्राउको 'स्टन्ट', आलोचना भएपछि निर्माण टिमको स्पष्टीकरण

काठमाडौं । नेपाली चलचित्र ‘ककाकिकी’को प्रचारका क्रममा कलाकारलाई प्रहरीले पक्राउ गरेको झल्काउने दृश्य तयार गरी सार्वजनिक गरिएको खुलेको छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको उक्त स्टन्टल...

#कलाकार
Compare →
Nagarik News
1d ago
कार्यक्रमको क्रममा कलाकारलाई प्रहरीले समातेर लगेपछि

कार्यक्रमको क्रममा कलाकारलाई प्रहरीले समातेर लगेपछि

हो यही नै भएको हो आज बिहान जहाँ ‘क का कि की’ को कलाकार गौरी मल्ललगायत निर्माण टिमको उपस्थिति ‘क का कि की’ को प्रचार–प्रसारका लागि जब सिनेमाहल पुगे।

#कलाकार
Compare →
Ekantipur
2d ago
बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका थिए भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।

#कलाकार
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612