Trending
Prev Story
Next Story

कमलविनायकमा तराईका छठ घाट बिर्साउने उल्लास

Ekantipur •
November 15, 2026 • 01:02 PM
4
4 reads 0 reactions

छठ पर्वलाई सामाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । केहि वर्षअघिसम्म तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व अहिले सबै समुदायले मनाउन थालेका छन् ।

कमलविनायकमा तराईका छठ घाट बिर्साउने उल्लास

छठ पर्वलाई सामाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । केहि वर्षअघिसम्म तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व अहिले सबै समुदायले मनाउन थालेका छन् ।

भक्तपुर — कमलविनायकमा तराईका छठ घाट बिर्साउने गरी उल्लासका साथ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ मनाइएको छ । केहि वर्षयता भक्तपुरमा पनि छठलाई विशेष महत्व र उल्लासका साथ मनाउँदै आइएको छ ।

सूर्य भगवानलाई अर्घ दिन कमलविनायकस्थित कमलपोखरी किनारमा बिहानैदेखि पूजाका सामग्रीका साथ व्रतालुहरू उपस्थित भएका थिए । कमपोखरी परिसरमा व्रत बस्नेहरूको करण मेला जस्तैं लगेको स्थानीयहरूको भनाइ छ ।

छठ पर्वलाई सामाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । केहि वर्षअघिसम्म तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व अहिले सबै समुदायले मनाउन थालेका छन् ।

छठ पर्वलाई व्यवस्थित गर्न नगरपालिका र नेपाल प्रहरीको सहयोग रहेको छ । छठ पर्वमा प्रतिनिधिसभा सदस्य गंगालक्ष्मी अवाल सहभागी भई छठी माताको दर्शन र पूजा गरेका थिए । आइतबार अस्ताउँदो सूर्य र भोलि सोमबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठ पर्व समापन हुन्छ । छठ पर्वको मूल विधि चतुर्थीदेखि सुरु भएर षष्ठीको दिन अस्ताउँदै गरेको सूर्य र सप्तमीको दिन बिहान उदाउँदै गरेको सूर्यको अर्घ दिइन्छ र समापन गरिन्छ ।

सुन्दर शिल्पकार कान्तिपुर मिडिया ग्रुपका भक्तपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
तराईको रौनक पहाडमा

तराईको रौनक पहाडमा

छठ पर्व भन्ने बित्तिकै तराईका नदी, पोखरी र जलाशय किनारमा देखिने झिलिमिली दृश्य भन्ने मनमा आउँंछ । साथै, भक्तिभाव र उल्लासको सम्झना पनि आउँछ ।

#पर्व #तराई
Compare →
Onlinekhabar
40m ago
कमलपोखरीमा जगमगायो छठको साँझ (तस्वीरहरू)

कमलपोखरीमा जगमगायो छठको साँझ (तस्वीरहरू)

२९ कात्तिक, काठमाडौं । छठ पर्वको तेस्रो तथा महत्त्वपूर्ण दिन आज तराई–मधेशसहित देशका अधिकांश ठाउँमा व्रतालु तथा भक्तजनले सूर्यदेव र छठी माताको आराधना गरेका छन् । विशेषगरी तराई–मधेशतिर परिवारको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गर्दै …

#पर्व #तराई
Compare →
Hamro Patro News
13h ago
छठ पर्वले राष्ट्रिय एकता र सद्भावको भावना अभिवृद्धि गर्छ : उपराष्ट्रपति यादव

छठ पर्वले राष्ट्रिय एकता र सद्भावको भावना अभिवृद्धि गर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

#पर्व #सद्भाव
Compare →
Bizshala
7h ago
छठको रौनकले तराईका बजार गुल्जार, बाँसका सामग्रीको माग ह्वात्तै बढ्दा व्यापारी उत्साहित

छठको रौनकले तराईका बजार गुल्जार, बाँसका सामग्रीको माग ह्वात्तै बढ्दा व्यापारी उत्साहित

काठमाण्डौ । सूर्य उपासनाको महापर्व छठसँगै तराईका बजारमा आर्थिक चहलपहल बढेको छ। तिहार सकिएलगत्तै सुरु भएको छठको...

#तराई
Compare →

Related Stories

Technology
Build #2612