Trending
Prev Story
Next Story

मलेसियाको ईभी बजारमा प्रोटोन ई.मास ५ को दबदबा, एक्लैले कब्जा गर्‍यो झण्डै आधा बजार

Bizshala •
November 15, 2026 • 12:04 PM
4
4 reads 0 reactions

काठमाण्डौ । मलेसियाको विद्युतीय सवारीसाधन (ईभी) बजारमा प्रोटोन ई.मास ५ ले शानदार प्रदर्शन गरेको छ। समग्र ईभी बजारमा...

मलेसियाको ईभी बजारमा प्रोटोन ई.मास ५ को दबदबा, एक्लैले कब्जा गर्‍यो झण्डै आधा बजार

काठमाण्डौ । मलेसियाको विद्युतीय सवारीसाधन (ईभी) बजारमा प्रोटोन ई.मास ५ ले शानदार प्रदर्शन गरेको छ। समग्र ईभी बजारमा बिक्री घटिरहेका बेला यो मोडलले भने झण्डै आधा बजार हिस्सा ओगट्दै सर्वाधिक लोकप्रिय विद्युतीय सवारीको स्थान हासिल गरेको हो।

सन् २०२६ को अक्टोबर महिनामा मलेसियामा प्रोटोन ई.मास ५ का कुल २ हजार २६२ वटा सवारी दर्ता भएका छन्। यो संख्या उक्त महिनामा दर्ता भएका कुल विद्युतीय सवारीको ४९.३ प्रतिशत हो।

अक्टोबरमा मलेसियाभर कुल ४ हजार ५९२ वटा विद्युतीय सवारी दर्ता भएका थिए। यो संख्या सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशतले कम हो। साथै, गत फेब्रुअरीयताकै सबैभन्दा न्यून मासिक ईभी दर्ता पनि यही हो।

समग्र बजार खुम्चिएको अवस्थामा समेत प्रोटोन ई.मास ५ ले हासिल गरेको बजार हिस्साले मलेसियाको ईभी बजारमा यस मोडलको बलियो उपस्थिति देखाएको छ।

प्रोटोनको अर्को विद्युतीय मोडल ई.मास ७ को पनि अक्टोबरमा ५५४ वटा सवारी दर्ता भएका छन्। यी दुई मोडलको संयुक्त दर्ता संख्या २ हजार ८१६ पुगेको छ। यस आधारमा मलेसियाको कुल ईभी बजारमा प्रोटोनका यी दुई मोडलले मात्रै ६१.३ प्रतिशत हिस्सा ओगटेका छन्।

यसैबीच, मलेसियामा पूर्ण विद्युतीय सवारीको दर्ता घट्दा हाइब्रिड सवारीको बजार भने तुलनात्मक रूपमा बलियो देखिएको छ। अक्टोबरमा ५ हजार २३ वटा हाइब्रिड सवारी दर्ता भएका छन्। यो वर्ष हाइब्रिड सवारीको मासिक दर्ता पूर्ण विद्युतीय सवारीभन्दा बढी भएको दोस्रो पटक हो।

नेपालमा पनि उपलब्ध छ प्रोटोन ई.मास ५

मलेसियाको बजारमा लोकप्रिय बनेको प्रोटोन ई.मास ५ नेपाली बजारमा समेत उपलब्ध छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले यो गाडी बिक्रीवितरण गर्दै आएको छ।

प्रोटोन ई.मास ५ नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। यसको सुरुवाती मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा रियर ह्विल ड्राइभ लेआउटसहित उपलब्ध यो गाडीमा ८५ किलोवाट क्षमताको मोटर र ४० किलोवाटआवरको सीएटीएल एलएफपी ब्याट्री जडान गरिएको छ।

यसमा ४.९५ मिटरको टर्निङ रेडियस, रियर मल्टी–लिंक सस्पेन्सन तथा भेहिकल–टु–लोड (भीटुएल) प्रविधि उपलब्ध छ।

गाडीमा ७० लिटरको फ्रन्ट ट्रंक, ३७५ लिटरसम्मको पछाडिको लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्ट उपलब्ध छन्।

त्यस्तै, १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो लगायतका आधुनिक सुविधा समावेश गरिएका छन्।

प्रोटोनको अर्को विद्युतीय एसयूभी ई.मास ७ पनि नेपाली बजारमा प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ।

यसमा ४१० किलोमिटरसम्मको डब्लुएलटीपी रेन्ज दिने एल्जी सर्ट ब्लेड ब्याट्री प्रविधि, १२–इन–१ इन्टिग्रेटेड मोटर तथा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ।

गाडीमा १५.४ इन्चको २.५के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, विन्डसिल्ड हेड–अप डिस्प्ले र भीटुएल सुविधा उपलब्ध छन्।

नेपाली बजारमा यसको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ।

नेपालमा प्रोटोनका विद्युतीय सवारीको बजार विस्तारसँगै बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाललाई थप सुदृढ बनाउने रणनीतिमा जगदम्बा मोटर्स रहेको कम्पनीले जनाएको छ।

शंकर ग्रुपअन्तर्गत सञ्चालित जगदम्बा मोटर्सले प्रोटोन मलेसियासँगको सहकार्यमा नेपालमा आधुनिक प्रविधियुक्त विद्युतीय सवारीको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
प्रोटोन ई.मास ५ दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

प्रोटोन ई.मास ५ दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

२७ कात्तिक, काठमाडौं । प्रोटोन ‘ई.मास ५’ ले मलेसियामा आयोजित कारलिस्ट डट एमवाई पिपल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६ मा दुई प्रतिष्ठित अवार्ड जित्दै आफ्नो विद्युतीय सवारी यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । ई.मास …

#मलेसिया #प्रोटोन #मास
Compare →
Hamro Patro News
3d ago
भीमफेदी ईभी दुर्घटनाका ११ मृतक र ६ घाइतेको पहिचान खुल्यो

भीमफेदी ईभी दुर्घटनाका ११ मृतक र ६ घाइतेको पहिचान खुल्यो

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा आज बिहान भएको ईभी हाइस दुर्घटनामा मृत्यु भएका ११ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा परेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ...

#ईभी
Compare →
Ekantipur
3d ago
१० सिट क्षमताको ईभीमा १५ जना सवार, दुर्घटनाको कारण खुल्न सकेन

१० सिट क्षमताको ईभीमा १५ जना सवार, दुर्घटनाको कारण खुल्न सकेन

मकवानपुरको भीमफेदी गाउँपालिकामा भएको ईभी दुर्घटनामा क्षमताभन्दा बढी यात्रु सवार रहेको खुलेको छ ।

#ईभी
Compare →
Nagarik News
3d ago
मकवानपुरमा ईभी हाइस दुर्घटना : १० जनाको मृ*त्यु, पाँच घाइते

मकवानपुरमा ईभी हाइस दुर्घटना : १० जनाको मृ*त्यु, पाँच घाइते

दुर्घटनाको समयमा गाडीमा चालकसहित १४ देखि १५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको थियो।

#ईभी
Compare →

Related Stories

Business & Economy
Build #2612