Trending
Prev Story
Next Story

टाटा सन्सलाई सेयर बजारमा सूचीकृत गर्ने प्रस्तावप्रति नोएल टाटाले उठाए प्रश्न

Bizshala •
November 15, 2026 • 04:34 AM
2
2 reads 0 reactions

काठमाडौं । टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सलाई सेयर बजारमा सूचीकृत गर्ने प्रस्तावप्रति टाटा ट्रस्ट्सका अध्यक्ष...

टाटा सन्सलाई सेयर बजारमा सूचीकृत गर्ने प्रस्तावप्रति नोएल टाटाले उठाए प्रश्न

काठमाडौं । टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सलाई सेयर बजारमा सूचीकृत गर्ने प्रस्तावप्रति टाटा ट्रस्ट्सका अध्यक्ष नोएल टाटाले प्रश्न उठाएका छन् ।

हिन्दुस्तान टाइम्स लिडरसिप समिटमा शनिबार बोल्दै उनले समूहको रणनीतिप्रति आफ्नो असहमति नरहेको स्पष्ट पारे । तर, ती परियोजना कार्यान्वयन गर्ने क्रममा अपनाइने अनुशासनमाथि भने उनले प्रश्न उठाए ।

नोएलले राष्ट्रिय महत्त्वका परियोजनालाई सहयोग गर्न टाटा ट्रस्ट्स तयार रहेको बताए । साथै, टाटा समूहले परोपकारलाई प्राथमिकता दिने आफ्नो मूल सिद्धान्त कायम राख्नुपर्नेमा उनले जोड दिए ।

उनका अनुसार टाटा सन्स सेयर बजारमा सूचीकृत हुँदा समूहको काम गर्ने शैली नै परिवर्तन हुन सक्छ ।

‘भविष्यमा हाम्रा ३० देखि ४० हजार सेयरधनी हुन सक्छन् । त्यस्तो अवस्थामा परोपकारभन्दा नाफाले प्राथमिकता पाउने सम्भावना छ,’ उनले भने, ‘यसले टाटा समूहको काम गर्ने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्न सक्छ ।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

२३ कात्तिक, काठमाडौं । यतिबेला सेयर बजारमा सूचीकृत कम्पनीहरूले सेयरधनीका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । सेयर बोनस र नगद गरी दुई किसिमका लाभांश कम्पनीहरूले घोषणा गर्ने गरेका छन् । यसरी घोषणा गरिएको सेयर बोनसमा …

#शेयर-बजार #सूचीकृत
Compare →
Ekantipur
1d ago
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #बजारमा
Compare →
Hamro Patro News
1d ago
जेन्सेन हुआङको आकस्मिक राजीनामाले एनभिडियामा हलचल:  सेयर बजारमा पहिरो, अमेरिका–चीन प्रविधि तनाव पुनः चर्कियो

जेन्सेन हुआङको आकस्मिक राजीनामाले एनभिडियामा हलचल: सेयर बजारमा पहिरो, अमेरिका–चीन प्रविधि तनाव पुनः चर्कियो

सान्टा क्लारा, क्यालिफोर्निया– कृत्रिम बुद्धिमत्ता (एआई) क्रान्तिको ३३ वर्ष लामो नेतृत्वमा नाटकीय पूर्णविराम लगाउँदै जेन्सेन हुआङले सन् २०२६ नोभेम्बर १२, बिहीवारका दिन एनभिडियाको प्रमुख कार्यकारी अ...

#शेयर-बजार #बजारमा
Compare →
Nagarik News
6d ago
चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले चुनावपछि ठुलो क्षति बेहोर्नुपरेको दाबी गरेका हुन्।

#शेयर-बजार #बजारमा
Compare →
Arthasansar
1w ago
तिहार अघि सेयर बजारमा गिरावट, कारोबार साढे ४ अर्ब माथि

तिहार अघि सेयर बजारमा गिरावट, कारोबार साढे ४ अर्ब माथि

बिहीबार सेयर बजार परिसूचक घटेर कारोबार भएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज भने दोहोरो अंकले घटेर...

#शेयर-बजार #बजारमा
Compare →

Related Stories

Business & Economy
Build #2612