रारा जाने क्रममा बा १७ च १२६४ नम्बरको जिप सडकबाट करिब तीन सय मिटर तल खसेको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
मुगु — काठमाडौंबाट रारा घुम्न आएका पर्यटक सवार बोलेरो जिप मुगुमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । रारा जाने क्रममा बा १७ च १२६४ नम्बरको जिप सडकबाट करिब तीन सय मिटर तल खसेको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
जिपमा चालकसहित चार पुरुष र एक महिला सवार थिए। चालक पूर्णकुमार थापा आफैं जिपका धनी रहेको प्रहरीको भनाइ छ । घाइतेमध्ये कञ्चन थापा ललितपुर सुनाकोठीकी हुन् ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।