Trending
Prev Story
Next Story

नेपाल यात्रामा नेपथ्य

Nagarik News •
November 15, 2026 • 11:02 AM
4
4 reads 0 reactions

ब्यान्डले अबको पहिलो कन्सर्ट मङ्सिर ३ मा सौराहामा गर्नेछ । त्यसका लागि पर्यटकीय आकर्षणको केन्द्र रहेको यस बस्तीको सिसुवार मैदान (सभागृहअगाडि) रोजिएको छ ।

नेपाल यात्रामा नेपथ्य

सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला सहरमा नभई ग्रामीण बस्ती अनि मझौला सहरमा केन्द्रित हुँदैछ ।

ब्यान्ड चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुत हुन लागेको हो । ब्यान्डले अबको पहिलो कन्सर्ट मङ्सिर ३ मा सौराहामा गर्नेछ । त्यसका लागि पर्यटकीय आकर्षणको केन्द्र रहेको यस बस्तीको सिसुवार मैदान (सभागृहअगाडि) रोजिएको छ ।

दोस्रो कन्सर्ट स्याङ्जाको पुतलीबजारमा मङ्सिर ५ गते शनिबार हुनेछ । त्यहाँस्थित मालेबगर खेलमैदानमा नेपथ्यले लोकरक सुनाउन लागेको हो । त्यसपछि ब्यान्ड धौलागिरि हिमालको काखतिर लाग्नेछ । म्याग्दीको बेनीस्थित खुलामञ्चमा मङ्सिर ९ मा दर्शकसामु उपस्थित हुने नेपथ्यको तालिका छ ।

चौथो कन्सर्ट तनहुँको बेलचौतारामा मङ्सिर १२ गते शनिबार हुनेछ । शुक्लागण्डकी नगरपालिकास्थित यो बस्ती राजमार्गसँग जोडिएको छ । कन्सर्ट भानुभक्त क्याम्पसको मैदानमा हुनेछ । नेपथ्यका सबै कन्सर्टका लागि निर्धारित दिनको अपराह्न ४ बजे ढोका खुला हुनेछन् ।

मुलुकभित्र अनि बाहिरका ठूला सहरहरूमा भव्य रूपमा प्रस्तुत हुँदै आएको नेपथ्यले साना सहर र बस्तीमा बसोबास गर्ने आफ्ना दर्शकको चाहनालाई पनि उत्तिकै प्राथमिकतामा दिँदै आएको यस यात्राले थप पुष्टि गर्नेछ ।

यो पाला प्रस्तुत हुने यी चार स्थानमध्ये म्याग्दीको बेनीबाहेक सबै ठाउँमा ब्यान्ड पहिलो पटक उपस्थित हुन लागेको हो । कन्सर्टलाई लिएर त्यस भेगका बासिन्दाले सामाजिक सञ्जालमा चर्चा गर्न थालिसकेका छन् ।

आफूलाई विभिन्न माध्यमबाट सन्देश पठाइरहने यी स्थानका दर्शकसामु उभिन आतुर रहेको नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ बताउँछन् । ‘मैले गाउँघर डुलेरै नेपाल चिनेको हुँ । यस्ता बस्तीहरूबाटै हाम्रा गीतहरू सङ्कलन गरिएका हुन्,’ उनी भन्छन्, ‘त्यसमाथि यस्ता बस्तीहरूमा प्रस्तुत हुँदा दर्शकबाट मैले अन्यत्रभन्दा बढी आत्मीयता अनुभव गर्दै आएको छु ।’

नेपथ्यलाई प्रस्तुत गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ ब्यान्डलाई विश्वकै सुविधासम्पन्न सहरदेखि साना बस्तीसम्म उस्तै स्वादमा प्रस्तुत गर्ने चुनौतीलाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताउँछन् । उनी भन्छन्, ‘कलाकारबाहेक प्राविधिकदेखि व्यवस्थापन सम्मको हाम्रो ठूलो टिमले त्यो स्तर कायम राख्नेछ ।’

नेपथ्यको यस यात्रामा आठवटा ट्रक र चारवटा प्यासेन्जर गाडी गरेर झन्डै सय जनाको टिम साथसाथै रहनेछ । कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

यो यात्रापछि नेपथ्यले अस्ट्रेलियाको गर्दै छ । डिसेम्बर महिनामा ब्यान्ड एडिलेड, सिड्नी र पर्थ सहरमा प्रस्तुत हुने कार्यतालिका सार्वजनिक भइसकेको छ ।

यी सबै कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ ।

प्रकाशित: २९ कार्तिक २०८३ १६:४७ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
नेपथ्यको इटहरीमा ऐतिहासिक प्रस्तुति, अमृत गुरुङले दिए सामाजिक सद्भावको सन्देश

नेपथ्यको इटहरीमा ऐतिहासिक प्रस्तुति, अमृत गुरुङले दिए सामाजिक सद्भावको सन्देश

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय ब्यान्ड नेपथ्यले इटहरीमा भव्य प्रस्तुति दिएको छ। ठूलो संख्यामा दर्शक उपस्थित भएको कार्यक्रममा ब्यान्डका मुख्य गायक अमृत गुरुङले संगीतसँगै सामाजिक सद्भा...

#ब्यान्ड #नेपथ्य
Compare →
Ekantipur
1w ago
नेपथ्यको कन्सर्टमा झुम्यो इटहरी

नेपथ्यको कन्सर्टमा झुम्यो इटहरी

नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा दिएको सांगीतिक प्रस्तुतिमा करिब १० हजार दर्शक झुमेका छन्।

#नेपथ्य #कन्सर्ट
Compare →
Onlinekhabar
1w ago
गान्तोकको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ

गान्तोकको पाल्जोर स्टेडियममा ऐतिहासिक नेपथ्य साँझ

गान्तोक । भव्य उपस्थिति र उत्साही दर्शकबीच भएको नेपथ्य कन्सर्टलाई गान्तोकबासीले ‘ऐतिहासिक’ संज्ञा दिएका छन् । ‘यति विशाल जमघट सिक्किममा आजसम्मै देखिएको थिएन,’ गान्तोकका उत्तम लेप्चाले फेसबुकमा लेखेका छन्, ‘नेपाली सङ्गीत मन पराउने सबैका निम्ति …

#नेपथ्य #कन्सर्ट
Compare →
Setopati
4w ago
नेपथ्यको लोकरकमा झुम्यो कीर्तिपुर

नेपथ्यको लोकरकमा झुम्यो कीर्तिपुर

'त्यतिबेला कीर्तिपुरका फाँटहरू जताततै खाली देखिन्थे,' उनले भने, 'हामी विशेषगरी भाषा र संस्कृतिबारे अनेक बहस गथ्र्यौं।'

#नेपथ्य
Compare →

Related Stories

National (Nepal)
Build #2612