Trending
Prev Story
Next Story

सांसद मन्त्री विदेश घुमेर देश बन्दैन: पूर्ण बस्नेत

Nagarik News •
November 15, 2026 • 10:15 AM
3
3 reads 0 reactions

बस्नेतले सांसद, मन्त्रीहरुको विदेश भ्रमणलाई लिएर टिप्पणी गरेका छन् । विदेश घुमेर देश नबन्ने भन्दै सरकारी भ्रमणको औचित्य, उद्देश्य र उपलब्धी सार्वजनिक हुनुपर्ने बताएका छन् ।

सांसद मन्त्री विदेश घुमेर देश बन्दैन: पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सांसद, मन्त्रीहरुको विदेश भ्रमणलाई लिएर टिप्पणी गरेका छन् । विदेश घुमेर देश नबन्ने भन्दै सरकारी भ्रमणको औचित्य, उद्देश्य र उपलब्धी सार्वजनिक हुनुपर्ने बताएका छन् । उनले विदेशी लगानीकर्तासँग भेटघाट र अन्तर्राष्ट्रिय मञ्चमा लगानीको वातावरणबारे चर्चा भइरहँदा स्वदेशी उद्योगी तथा व्यवसायीका समस्या भने ज्यूँका त्यूँ रहनु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन् । स्वदेशी उद्योगले भोगिरहेका नीतिगत जटिलता, लगानीको असुरक्षा, प्रशासनिक झन्झट र बजारको समस्यालाई सम्बोधन नगरी विदेशमा गएर लगानीको आह्वान गर्नुको औचित्य नहुने उनको भनाइ छ । बस्नेतले विदेश भ्रमणलाई कुटनीतिक सम्बन्ध विस्तार, वैदेशिक लगानी आकर्षित गर्ने, प्रविधि तथा ज्ञान हस्तान्तरण गर्ने र अन्तर्राष्ट्रिय सहयोग जुटाउने अवसरका रुपमा लिनुपर्ने बताएका छन् । भ्रमण केबल औपचारिक भेटघाट, सेमीनार, गोष्ठीमा सीमित हुन नहुने उनको भनाइ छ । सांसद तथा मन्त्रीहरुको विदेश भ्रमणबाट कति लगानी भित्रियो, कति रोजगारी सिर्जना भयो, कस्ता सम्झौता भए र ती सम्झौता कार्यान्वयनको अवस्था के छ भन्ने विषय जनतालाई स्पष्ट पार्नुपर्ने उनको जोड छ ।

प्रकाशित: २९ कार्तिक २०८३ १६:०० आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3h ago
विदेश भ्रमणको पारदर्शितामा रास्वपाकै सांसदहरूले उठाए प्रश्न

विदेश भ्रमणको पारदर्शितामा रास्वपाकै सांसदहरूले उठाए प्रश्न

२९ कात्तिक, काठमाडौं । विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरू विभिन्न देशको भ्रमणमा छन् । कोही जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन टर्कीए पुगेका छन् । कोही चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन प्रस्थान गरेका छन् …

#भ्रमण #सांसद #विदेश
Compare →
Hamro Patro News
1d ago
रास्वपाकाे जम्बाे टाेली चीन जाने तयारीबीच आशिकाकाे प्रश्न : जनताले के पाउने ?

रास्वपाकाे जम्बाे टाेली चीन जाने तयारीबीच आशिकाकाे प्रश्न : जनताले के पाउने ?

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सदस्यीय टोली चीन भ्रमणमा जान लागेका बेला पार्टीकै सांसद आशिका तामाङले सांसदहरूको विदेश भ्रमणको औचित्य र पारदर्शितामाथि प्रश्न उठाएकी छ...

#विदेश #भ्रमण #सांसद
Compare →
Ekantipur
6h ago
प्रधानमन्त्रीको भारत भ्रमणअघि रास्वपाका २० सांसद चीन भ्रमणमा

प्रधानमन्त्रीको भारत भ्रमणअघि रास्वपाका २० सांसद चीन भ्रमणमा

१२ दिने भ्रमणमा पार्टीगत सम्बन्ध, लगानी र आर्थिक सहकार्यका विषयमा छलफल हुने

#भ्रमण #सांसद
Compare →

Related Stories

Politics & Governance
Build #2612