Trending
Prev Story
Next Story

यी घरेलु विधि, जसले रुघा निको बनाउन सकिन्छ

Onlinekhabar •
November 15, 2026 • 08:00:37 AM
3
3 reads 0 reactions

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

यी घरेलु विधि, जसले रुघा निको बनाउन सकिन्छ

अनलाइनखबर २०८३ कात्तिक २९ गते १३:२९

सामान्यतया रुघा एलर्जी र भाइरल दुई प्रकारका हुन्छन् । धुलो धुवाँ, चिसो, वनस्पति र जनावरको एलर्जीले रुघा लाग्छ । रुघा लागि सकेपछि कसरी निको बनाउने भन्ने भन्दा पनि रुघा लाग्नै नदिने उपाय अपनाउन सकिन्छ ।

तातोबाट एकाएक चिसो स्थानमा जाँदा वा चिसो र तातो खानेकुरा एकै पटक खाँदा गर्दा रुघा लाग्ने जोखिम बढ्छ । जस्तो चिसो पानी पिएर एक छिनमा फेरी तातो पानी पिउँदा रुघा लाग्छ । चिसो र तातो खानेकुरा एकैचोटी खान हुँदैन ।

रुघा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले चिसोमा रुघाबाट बच्नको लागि रुघा लागेको मान्छेको सम्पर्क भन्दा टाढा रहनु पर्छ ।

अमिलो खानेकुराबाट भिटामिन सी पाइन्छ भनेर धेरै अमिलो खानेकुरा जस्तो निबुवा, कागतीको सेवन बढी गर्दा पनि रुघा लाग्न सक्छ । त्यसैले चिसो मौसममा धेरै अमिलो खानेकुरा खान हुँदैन ।

नाकमा तेल राख्ने चलन खासै छैन । अहिले सुख्खा मौसममा वातावरण प्रदूषण धेरै हुन्छ । प्रदूषणले एलर्जी भएर पनि रुघा लाग्छ । यस्तोमा एक दुई थोपा ‘षड्बिन्दु’ वा ‘अणु’ तेल राख्दा नाक लुब्रिकेट भएर एलर्जी हुँदैन रुघा लाग्दैन ।

रुघाबाट बच्नको लागि दैनिक प्राणायाम गर्ने । प्राणायाममा श्वासको गति बढाउने, घटाउने, भित्र लिने, बाहिर फाल्ने र रोक्ने गरिन्छ । यो विशुद्ध श्वासको गति मिलाउने प्रक्रिया हो । प्राणायामले एकाग्रता, स्मरण शक्ति बढाउनुका साथै रोग लाग्नबाट बचाउन समेत महत्त्वपूर्ण भूमिका खेल्छ ।

बेसारले एलर्जी र भाइरल दुवै समस्यालाई निको पार्छ । बेसारमा पाइने कर्क्युमिन रुघाको समस्यासँग लड्न प्रभावकारी तत्त्व मानिन्छ । किनकि यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ ।

यसबाट राहत पाउन एक गिलास तातो दूध वा तातोपानीमा एक चम्चा बेसार मिसाएर एक छिन छाड्नुपर्छ । त्यसपछि चिया जस्तै पिउनुपर्छ । यसलाई बिहान बेलुका दुई पटक सेवन गर्नुपर्छ ।

मरीचको धुलोलाई पनि चिया जस्तै तातोपानी वा दूधमा उमालेर पिउनाले रुघा निको हुन्छ । कालो मरिचलाई घरेलु औषधिको रूपमा लिइने गरिन्छ भने कालो मरीचमा पिपरीन, आयरन, पोटेशियम, मयाग्निशियम, जिंक, क्रोमियम, भिटामिन सी, भिटामिन ए, भिटामिन डी, ऐसे एन्टीअक्सिडेन्ट तथा अन्य पोषक तत्त्व पनि पाइने गर्छ ।

रुघाखोकीको समस्याले ग्रसित भएको समयमा महको सेवन अचुक औषधि हुन सक्छ । महमा रोग प्रतिरोधात्मक गुण हुन्छ । महलाई तातोपानीमा मिसाएर सेवन गर्दा रुघाखोकी निको हुन्छ । मह रुघाखोकीका लागि बनाइने अधिकांश झोल पदार्थमा प्रयोग गरिन्छ ।

यदि रुघा लागेर नाक टालिएको छ भने बाफ लिँदा पनि फाइदा हुन्छ । तर, यदि सामान्य रुघा लागेको छ नाक मात्र बगेको छ भने बाफ नलिँदा पनि हुन्छ । कफ जमेको र नाक टालिएको अवस्थामा मात्र बाफ लिनु फाइदाजनक हुन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
नेपालमा आगोमा नपोली इँटा बनाउने ‘गुड ब्रिक्स’ प्रविधि भित्रिँदै, ६ करोड डलरको कार्बन फाइनान्सिङ

नेपालमा आगोमा नपोली इँटा बनाउने ‘गुड ब्रिक्स’ प्रविधि भित्रिँदै, ६ करोड डलरको कार्बन फाइनान्सिङ

टर्की । नेपालको इँटा उद्योगलाई दिगो बनाउने र औद्योगिक उत्पादनमा कार्बन उत्सर्जन घटाउने उद्देश्यले ६ करोड अमेरिकी डलर ( करिब ९ अर्ब रुपैयाँ)को एक ऐतिहासिक कार्बन फाइनान्सिङ पहलको घोषणा गरिएको छ। जल...

#विधि #बनाउन
Compare →
Bizshala
2d ago
सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

सेयर बजारमा पावर अफ कम्पाउण्डिङ : कसरी सानो लगानीलाई १० गुणा बनाएर करोडौंको सम्पत्ति बनाउन सकिन्छ ?

काठमाण्डौ । सेयर बजारमा सम्पत्ति निर्माणका लागि लगानीबाट प्राप्त प्रतिफललाई कसरी उपयोग गरिन्छ भन्ने विषय...

#बनाउन #सकिन्छ
Compare →

Related Stories

Business & Economy
Build #2612