Trending
Prev Story
Next Story

सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्दैन : प्रवक्ता खरेल

Nagarik News •
November 15, 2026 • 06:13 AM
4
4 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालनमा प्रधानमन्त्री बालेन्द्र शाहको कदममा पूर्ण समर्थन जनाउने बताएको छ।

सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्दैन : प्रवक्ता खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालनमा प्रधानमन्त्री बालेन्द्र शाहको कदममा पूर्ण समर्थन जनाउने बताएको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्रीले सरकार सञ्चालनका क्रममा आवश्यक ठानेर चाल्ने कदममा पार्टीको पूर्ण साथ रहने बताएका हुन्।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने बताए।

सरकारका विभिन्न निकाय तथा व्यक्तिका विषयमा पार्टीले अत्यधिक चासो राख्दा हस्तक्षेपको सन्देश जान सक्ने उनको भनाइ थियो।

सम्बन्धित विषयमा निर्णय गर्ने अधिकार प्रधानमन्त्रीमै निहित रहेको उल्लेख गर्दै खरेलले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको धारणा रहेको बताए।

‘प्रधानमन्त्रीज्यूले केही कुरा गलत भइरहेको छ र अब एक्सन लिनुपर्छ भन्ने महसुस गर्नुभयो भने उहाँले चाल्ने कदममा पार्टीको सम्पूर्ण समर्थन रहन्छ,’ उनले भने।

गृहमन्त्री, प्रधानमन्त्रीका सल्लाहकार र सरकारका अन्य व्यक्तिहरूबारे सार्वजनिक रूपमा उठिरहेका प्रश्नहरू पार्टीको औपचारिक छलफलमा नआएको बताउँदै उनले ती विषयमा प्रधानमन्त्रीको धारणा र सरकारको निर्णयलाई पार्टीले प्रतीक्षा गरिरहेको बताए।

सभापति, महामन्त्रीसहित पार्टीको नेतृत्व र सम्पूर्ण टोलीले सरकारलाई सहज रूपमा काम गर्ने वातावरण दिन चाहेको उनले बताए ।

यस्तै, खरेलले नेपाल प्रहरीका महानिरीक्षकलाई हटाउने वा कायम राख्ने विषयमा पनि रास्वपाले सरकारलाई कुनै निर्देशन नदिएको  बताए।

यो विषय सरकारको विवेक र निर्णयमा निर्भर रहने भन्दै उनले अदालतमा समेत पुगेको विषयमा सरकारले आवश्यकताअनुसार आफ्नो धारणा स्पष्ट पार्दै जाने बताए।

प्रकाशित: २९ कार्तिक २०८३ ११:५८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2h ago
सरकारका काममा रास्वपाको हस्तक्षेप हुँदैन, प्रधानमन्त्रीका कदममा पूर्ण समर्थन : प्रवक्ता खरेल

सरकारका काममा रास्वपाको हस्तक्षेप हुँदैन, प्रधानमन्त्रीका कदममा पूर्ण समर्थन : प्रवक्ता खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री बालेन शाहले चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । उनले सरकारका आन्तरिक का...

#बालेन-शाह #खरेल #सरकारका
Compare →
Onlinekhabar
10m ago
आन्तरिक सङ्कटले थलिएका प्रधानमन्त्रीको दिल्ली तयारी

आन्तरिक सङ्कटले थलिएका प्रधानमन्त्रीको दिल्ली तयारी

हालै भारतीय विदेश सचिवले गरेको नेपाल भ्रमणमा भएका वार्तापछि दुवैतिरका छापाहरूमा आएका समाचार सत्य भए भने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले छिटै नयाँ दिल्लीको भ्रमण गर्नेछन्। यो उनको पहिलो औपचारिक विदेश भ्रमण हो र नेपाली …

#बालेन-शाह #आन्तरिक
Compare →

Related Stories

Politics & Governance
Build #2612