काठमाडौं, मंसिर २९। म्यानमारको पश्चिमी राखाइन राज्यमा विस्थापित नागरिकले आश्रय लिइरहेको शिविरमाथि गरिएको हवाई आक्रमणमा पाँच वर्षीय बालकसहित कम्तीमा १२ जनाको ज्यान गएको छ। घटनामा अन्य १८ जना घाइते भएका छन्।
शुक्रबार साँझ राखाइन राज्यको पोन्याग्युन टाउनसिपस्थित ब्यार ला (Byar La) विस्थापित नागरिक शिविरलाई लक्षित गरी आक्रमण भएको प्रत्यक्षदर्शी तथा उद्धारकर्मीले बताएका छन्। आक्रमणका कारण शिविरका कैयौँ अस्थायी घरहरू ध्वस्त भएका छन् भने सर्वसाधारणको दैनिक जीवनमा प्रयोग हुने सामग्रीसमेत भग्नावशेषमा परिणत भएका छन्।
Read full story at source ( barnanmedia.com )