जनकपुरधाम । स्थापनाको नौ वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको राजर्षि जनक विश्वविद्यालयले अन्ततः आफ्नै भवन पाएको छ । सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेको हो ।
सरकारको निर्णयअनुसार भवनका सम्पूर्ण भौतिक संरचना विश्वविद्यालयको स्वामित्वमा हस्तान्तरण गरिएको छ । भवन प्राप्त भएसँगै विश्वविद्यालयलाई शैक्षिक तथा प्रशासनिक गतिविधि आफ्नै पूर्वाधारबाट सञ्चालन गर्ने बाटो खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )