काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार नेता कात्तिक ३० गते पोखरा जाने भएका छन् । पूर्वउपाध्यक्षद्वय डा.प्रकाशचन्द्र लोहनी र कमल थापा, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे तथा प्रवक्ता ज्ञानेन्द्र शाही पार्टीको गण्डकी प्रदेश कार्यसमितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पोखरा जान लागेका हुन् ।
पार्टीका सहायक महामन्त्री प्रेम बलायरका अनुसार कार्यक्रममा गण्डकी प्रदेशका केन्द्रीय नेताहरू तथा विभिन्न जिल्लाका पदाधिकारीको सहभागिता रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )