Trending
Prev Story
Next Story

राप्रपाले प्रत्येक प्रदेशसभा क्षेत्रबाट ९ महाधिवेशन प्रतिनिधि छान्ने, ४० वर्षमुनिका एक युवा अनिवार्य

Nagarik News •
November 14, 2026 • 07:28 AM
3
3 reads 0 reactions

महाधिवेशन प्रतिनिधिको छनोटमा युवाको सहभागितालाई पनि प्राथमिकता दिइएको छ। प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने टोलीमा ४० वर्षमुनिका कम्तीमा एक जना युवाको सहभागिता अनिवार्य गरिएको छ।

राप्रपाले प्रत्येक प्रदेशसभा क्षेत्रबाट ९ महाधिवेशन प्रतिनिधि छान्ने, ४० वर्षमुनिका एक युवा अनिवार्य

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ। महाधिवेशनका लागि प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट ९ जना प्रतिनिधि निर्वाचित गरिनेछन्।

पार्टीको व्यवस्था अनुसार सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्रका सक्रिय सदस्यहरूले महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्। ९ जना प्रतिनिधिमध्ये ३ जना महिला र १ जना उत्पीडित समुदायबाट अनिवार्य रूपमा चयन हुनेछन्।

साथै आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र तथा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी २ जना चयन गरिने व्यवस्था गरिएको छ।

महाधिवेशन प्रतिनिधिको छनोटमा युवाको सहभागितालाई पनि प्राथमिकता दिइएको छ। प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने टोलीमा ४० वर्षमुनिका कम्तीमा एक जना युवाको सहभागिता अनिवार्य गरिएको छ।

यसअघि विभिन्न तहमा भएका अधिवेशनबाट चयन भएका अध्यक्षहरू भने स्वतः महाधिवेशन प्रतिनिधि बनिसकेका छन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश तहका अध्यक्षहरू पदेन प्रतिनिधिका रूपमा महाधिवेशनमा सहभागी हुनेछन्।

पदेन प्रतिनिधिबाहेकका अन्य प्रतिनिधिहरू भने सक्रिय सदस्यहरूमध्येबाट छनोट गरिने राप्रपाले जनाएको छ। हिमाल, पहाड र तराई क्षेत्रका लागि पार्टी विधान तथा निर्देशिकाअनुसार निर्धारित संख्या र मापदण्ड पूरा गरेका सक्रिय सदस्यहरूबाट प्रतिनिधि चयन गरिनेछ।

महाधिवेशन प्रतिनिधि छनोटका लागि योग्य प्रदेशसभा निर्वाचन क्षेत्रमा मंसिर ४ गतेदेखि मंसिर १० गतेसम्मको समयतालिका तय गरिएको छ। सो अवधिभित्र प्रतिनिधि छनोटको प्रक्रिया सम्पन्न गर्नुपर्नेछ।

प्रकाशित: २८ कार्तिक २०८३ १३:१३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1h ago
राप्रपा महाधिवेशन : ४-१० मंसिरमा प्रतिनिधि छनोट

राप्रपा महाधिवेशन : ४-१० मंसिरमा प्रतिनिधि छनोट

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया ४-१० मंसिरसम्म सम्पन्न गरिने भएको छ । पार्टीको विधान तथा निर्देशिकाबमोजिम हिमाल, पहाड र तराईको प्रतिशतका आधारमा निर्धारित संख्या …

#महाधिवेशन #प्रतिनिधि #राप्रपा
Compare →
Hamro Patro News
1w ago
राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने

राप्रपाले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने

२० कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १० गतेभित्र महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ । राप्रपाको बिहीबार बसेको केन्द्रीय निर्वाचन समितिको उक्त निर्णय गरेको हो ।...

#महाधिवेशन #प्रतिनिधि #राप्रपा
Compare →
Ekantipur
1d ago
मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

एमाले र नेकपाले सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागेका हुन् ।

#प्रदेशसभा
Compare →

Related Stories

Politics & Governance
Build #2612