Trending
Prev Story
Next Story

बेहुली झैं सिंगारिएको कमलपोखरीको छठघाट (तस्वीरहरू)

Onlinekhabar •
November 14, 2026 • 01:00 PM
3
3 reads 0 reactions

२८ कात्तिक, काठमाडौं । यमपञ्‍चक अर्थात् तिहार सकिएलगत्तै छठको रौनक सुरु भएको छ । काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायत स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पूजाका लागि काठमाडौंका नदी किनार …

बेहुली झैं सिंगारिएको कमलपोखरीको छठघाट (तस्वीरहरू)

२८ कात्तिक, काठमाडौं । यमपञ्‍चक अर्थात् तिहार सकिएलगत्तै छठको रौनक सुरु भएको छ । काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायत स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ ।

छठ पूजाका लागि काठमाडौंका नदी किनार झिलिमिली बत्ती सहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ ।

गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ ।

यसैगरी कमलपोखरीमा पनि छठघाटलाई बेहुली झैं सिंगारिएको छ । कमलपोखरीमा रहेका हरेक घाटमा टेन्ट राख्ने काम लगभग सकिएको छठ पूजा समाजले जनाएको छ ।

छठका लागि काठमाडौंका गौरीघाट, थापाथली, कमलपोखरीलगायत स्थानमा रहेका नदीहरुको सरसफाइ गरिएको छ ।

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
4h ago
कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण, तयारी पूरा

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण, तयारी पूरा

शुक्रबारदेखि विधिवत् रूपमा छठको सुरुवात भइसकेको छ। निर्माण गरिएको छठ स्थलमा शुक्रबारदेखि नै पूजापाठ सुरु गरिसकेका छन्।

#छठघाट
Compare →

Related Stories

National (Nepal)
Build #2612