काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट आफूहरूले निष्पक्ष न्याय पाउने विश्वास व्यक्त गरेका छन् । शनिबार (कात्तिक २८) ललितपुरमा आफूपक्षीय पार्टी जिल्ला अधिवेशनमा उनले सर्वोच्च अदालत कुनै पनि प्रलोभनमा बिक्ने संस्था नभएको बताएका हुन् ।
उनले अदालतले निष्पक्ष न्याय दिने विश्वास व्यक्त गर्दै आफूहरूमाथि अन्याय नहुने जिकिर गरे । देउवाले पञ्चायतकालदेखि नै अदालतले निष्पक्ष न्याय दिएको स्मरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )