Trending
Prev Story
Next Story

तोसिमा कार्की मनिला जाँदै

Onlinekhabar •
November 14, 2026 • 10:30 AM
1
1 reads 0 reactions

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला जाने भएकी छन् । फिलिपिन्स सरकारको आयोजना तथा …

तोसिमा कार्की मनिला जाँदै

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला जाने भएकी छन् ।

फिलिपिन्स सरकारको आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) को सहआयोजनामा नोभेम्बर १८ र १९ मा सम्मेलन हुँदैछ । सम्मेलनमा विभिन्न देशका मन्त्री, वरिष्ठ सरकारी अधिकारी तथा सरोकारवालाहरू सहभागी हुनेछन् ।

सम्मेलनअघि नोभेम्बर १६ मा युनाइट, डब्ल्यूएचओ र प्रोजेक्ट एभ्रिवनको सहकार्यमा विशेष संसदीय नेतृत्व कार्यक्रम आयोजना हुनेछ । चिल्ड्रेन्स इन्भेस्टमेन्ट फन्ड फाउन्डेसनको सहयोगमा हुने उक्त कार्यक्रममा बालबालिकामाथि हुने हिंसालाई जनस्वास्थ्यको प्राथमिकताका रूपमा सम्बोधन गर्ने विषयमा छलफल हुनेछ ।

कार्यक्रममा हिंसा रोकथाम, प्रभावित बालबालिकाका लागि प्रभावकारी स्वास्थ्य तथा संरक्षण प्रणालीको विकास, आवश्यक कानुनी व्यवस्था, दिगो वित्तीय स्रोत र संसदीय निगरानीका विषयमा विभिन्न देशका सांसद तथा विज्ञहरूले अनुभव आदानप्रदान गर्नेछन् ।

बालबालिकामाथि हुने हिंसाले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य, शिक्षा, सुरक्षा र सामाजिक विकासमा तत्कालीन तथा दीर्घकालीन असर पार्ने भएकाले यसको रोकथामका लागि राजनीतिक प्रतिबद्धता, प्रभावकारी कानुन र स्वास्थ्य, शिक्षा, न्याय तथा सामाजिक संरक्षणका निकायबीच समन्वय आवश्यक रहेको आयोजकको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
23h ago
जलवायु वित्तमा अनुदान बढाउन विकसित देशलाई सम्मेलनमा सांसद डा. कार्कीको आग्रह

जलवायु वित्तमा अनुदान बढाउन विकसित देशलाई सम्मेलनमा सांसद डा. कार्कीको आग्रह

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अर्जुनकुमार कार्कीले जलवायु संकटबाट सबैभन्दा बढी प्रभावित नेपालजस्ता देशका लागि विकसित मुलुकहरूले पर्याप्त, पूर्वानुमानयोग्य, सार्वजनिक तथा अनुदानमा आधारित जलवायु...

#कार्की
Compare →
Nagarik News
23h ago
गृहमन्त्री गुरुङ आज यूएई जाँदै

गृहमन्त्री गुरुङ आज यूएई जाँदै

यूएईमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ त्यसतर्फ जान लागेका हुन्।

#सम्मेलन #जाँदै
Compare →

Related Stories

Politics & Governance
Build #2612