Trending
Prev Story
Next Story

तिहार अवधिभर काठमाडौं उपत्यकामा भएका सवारी दुर्घटनामा ५ जनाको ज्यान गयो

Hamro Patro News •
November 12, 2026 • 09:32 AM
3
3 reads 0 reactions

काठमाडौं : तिहारको अवधिमा काठमाडौं उपत्यकामा भएको सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन्। कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको अवधिमा ७८ वटा सवारी दुर्घटना भएको र दुर्घटनामा ५ जनाको मृत्यु भ...

1 / 2
Swipe Photos

काठमाडौं : तिहारको अवधिमा काठमाडौं उपत्यकामा भएको सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन्। कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको अवधिमा ७८ वटा सवारी दुर्घटना भएको र दुर्घटनामा ५ जनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो।

त्यस्तै, सोहि अवधिमा चेकिङको क्रममा ५९५ जनालाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा नियन्त्रणमा लिएर कारबाही र लागुपदार्थ सेवन गरेर सवारी चलाउने १८ जना चालकलाई पनि कारबाहीको दायरामा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए। अन्य कारबाहीसमेत जोड्दा तीव्र गतिमा वा लापरवाही गरी सवारी चलाउने समेत कुल २ हजार २ सय ११ जना सवारी चालकलाई कारबाही गरिएको उनले बताए। प्रवक्ता सुवेदीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन मानवीय जनशक्तिका साथै प्रविधिबाट विशेष निगरानी, अनुगमन र कारबाही गर्ने प्रक्रियालाई कढाई गरिएको उल्लेख गरे।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
21h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#काठमाडौं #सवारी #दुर्घटना
Compare →
Nagarik News
23h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#सवारी #दुर्घटना
Compare →
Onlinekhabar
14h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना #जनाको
Compare →
Ekantipur
17h ago
भीमफेदी दुर्घटना : सर्लाही सुन्दरपुरका १३ जनाको शव आफन्तले बुझे

भीमफेदी दुर्घटना : सर्लाही सुन्दरपुरका १३ जनाको शव आफन्तले बुझे

हेटौँडा अस्पतालमा आवश्यक प्रक्रिया पूरा गरी शव वाहनमार्फत सर्लाही पठाइएको छ । शवहरू तीनवटा शव वाहनमा राखेर सर्लाही पठाइएको अस्पतालले जनाएको छ ।

#दुर्घटना #जनाको
Compare →
Bizshala
20h ago
तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

काठमाण्डौ । तिहारपछिको पहिलो कारोबार दिन सेयरबजारले सकारात्मक लय समात्न सकेन। लामो पर्व बिदापछि खुलेको बजारमा...

#काठमाडौं #तिहार
Compare →

Related Stories

Technology
Build #2612