Trending
Prev Story
Next Story

मुगुमा जिप दुर्घटना हुँदा ५ जना घाइते

Ekantipur •
November 10, 2026 • 11:01 AM
2
2 reads 0 reactions

सोरुकोटबाट तारापानीतर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको जिप दिउँसो ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

मुगुमा जिप दुर्घटना हुँदा ५ जना घाइते

सोरुकोटबाट तारापानीतर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको जिप दिउँसो ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

मुगुको सोरु गाउँपालिका–६ गजेडीस्थित झ्यालेखोलामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

सोरुकोटबाट तारापानीतर्फ भैलो खेल्ने टोली लिएर जाँदै गरेको बा १८ च ४१८ नम्बरको जिप मंगलबार दिउँसो १ बजे ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी रविराज थपलियाका अनुसार जिपमा सवार १२ जनामध्ये पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा जिप चालक मुगुको खत्याड गाउँपालिका–७ का २९ वर्षीय उपेन्द्र परियार, सोरु गाउँपालिका–९ कालैका १९ वर्षीय गणेश ऐडी, १६ वर्षीया निर्मला ऐडी, १७ वर्षीया करिस्मा ऐडी र १९ वर्षीय अन्तिम योगी छन् । उनका अनुसार गणेशको अवस्था गम्भीर छ । उनको टाउको र निधारमा चोट लागेको छ । चालक परियारको दायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ । निर्मलाको कुम र छातीमा, करिस्माको कम्मर र छातीमा तथा योगीको टाउको र बायाँ खुट्टामा चोट लागेको छ ।

प्रहरी टोलीले घाइते पाँचै जनाको उद्धार गरी उपचारका लागि सिपस्थित जिमा स्वास्थ्य चौकी पठाएको डीएसपी थपलियाले बताए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
तनहुँमा बलेरो जिप दुर्घटना, ६ जना घाइते

तनहुँमा बलेरो जिप दुर्घटना, ६ जना घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका-११ गोटपानीमा बिहीबार दिउँसो बलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

#जिप #दुर्घटना #घाइते
Compare →
Hamro Patro News
1d ago
मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर । मकवानपुरको भीमफेदी सडकखण्डमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

#दुर्घटना #घाइते
Compare →
Onlinekhabar
15h ago
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, पोस्टमार्टम प्रक्रिया अगाडि बढ्यो

भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, पोस्टमार्टम प्रक्रिया अगाडि बढ्यो

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीवार बिहान भएको ईभी भ्यान दुर्घटनाका मृतक परिवार शव उठाउन तयार बनेका छन् । संघीय सरकारसँग पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको उपचार …

#दुर्घटना
Compare →
Bizshala
20h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2612