Trending
Prev Story
Next Story

बिरामी बोकेको जिप दैलेखमा दुर्घटना: चालकसहित मृत्यु हुनेको संख्या दुई पुग्यो

Nagarik News •
November 09, 2026 • 01:37 PM
3
3 reads 0 reactions

कालिकोटबाट बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बोलेरो जिप दैलेखमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

बिरामी बोकेको जिप दैलेखमा दुर्घटना: चालकसहित मृत्यु हुनेको संख्या दुई पुग्यो

कालिकोटबाट बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बोलेरो जिप दैलेखमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चालकको पनि उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-७ का २२ वर्षीय जिप चालक योगेश सिम्खडाको उपचारका क्रममा मृत्यु भएको छ। उनलाई सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

यसअघि सोही दुर्घटनामा सान्नीत्रिवेणी-६ का ४१ वर्षीय रने सार्कीको घटनास्थलमै मृत्यु भएको थियो।

कालिकोटबाट बिरामी लिएर जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च १२१५ नम्बरको बोलेरो जिप सोमबार बिहान ८ बजे दैलेखको गुराँस गाउँपालिका-१ काफलतोलीमा दुर्घटनामा परेको थियो।

उक्त जिपमा सान्नीत्रिवेणी-६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्कीसहित उनका आफन्तहरू सवार थिए। दुर्घटनामा घाइते भएका ६ जनामध्ये चालकसहित दुई जनाको ज्यान गएको हो।

बिरामी कैलीसहित अन्य चार जना घाइतेको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ.

प्रकाशित: २३ कार्तिक २०८३ १९:२२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
15h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#मृत्यु #दुर्घटना #पुग्यो
Compare →
Hamro Patro News
18h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका ...

#मृत्यु #जिप
Compare →
Ekantipur
1d ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#मृत्यु #दुर्घटना
Compare →
Bizshala
1d ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

Health & Wellness
Build #2612