Trending
Prev Story
Next Story

रासिदको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य

Onlinekhabar •
November 09, 2026 • 01:30 PM
3
3 reads 0 reactions

२३ कात्तिक, काठमाडौं । रासिद खानको अर्धशतक मदतमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित …

रासिदको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य

२३ कात्तिक, काठमाडौं । रासिद खानको अर्धशतक मदतमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको हो ।

काठमान्डुका लागि रासिदले यस सिजनको दोस्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ५२ रन बनाए । १३ रनमै २ विकेट गुमाएको अवस्थामा रासिदले विलियम बोसिस्टो र सहान अराचिगेसँग दुई महत्वपूर्ण साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए ।

यसअघि लुम्बिनी विरुद्धको खेलमा अर्धशतक बनाएका अष्ट्रेलियन ब्याटर डेभिड वार्नर ६ बलमा जम्मा १ रनबनाएर आउट भए । अर्का ओपनर साहिल पटेल पनि ८ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा काठमान्डुले ३.५ ओभरमा १३-२ को स्थितीमा थियो ।

तर रासिद खानले विलयम बोसिस्टोसँग मिलेर तेस्रो विकेटका लागसस ६२ रनको सझदारी गर्दै इनिङ्स सम्हाले । बोसिस्टो २२ बलमा २७ रन बनाएर दशौँ ओभरको तेस्रो बलमा आउट भए ।

त्यसपछि रासिदले चौथो विकेटका लागि सहान अराचिगेसँग ५३ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । अराचिगेले २० बल खेल्दै ३ चौका र२ छक्का मदतमा ३३ रन बनाए ।

अर्धशतक बनाएलगत्तै रासिद पनि १६औं ओभरमा चितवनको कप्तान सिकन्दर राजाको बलमा कुशल मल्लबाट क्याचआउट भए । ३० बल खेलेका उनले २ चौका र ४ छक्का प्रहार गर्दै ५२ रन बनाए । यस एनपीएलमा रासिदको यो दोस्रो अर्धशतक थियो । यसअघि उनले कर्णाली याक्स विरुद्धको खेलमा ५० रन बनाएका थिए ।

त्यसपछि कप्तान करण केसीले आक्रमक ब्याटिङ गर्दै ७ बलमा ३ छक्का प्रहार गर्दै २० रन योगदान गरे । १८औं ओभरको चौथो बलमा करण रिभ्युमार्फत एलबीडब्लु आउट भएका थिए ।

जहानदाद खान ९ र आदिल आलम ९ रन जोडेर आउट भए । सन्तोष यादवले २ बलमा १ छक्का प्रहार गर्दै अविजित ८ रन जोडे ।

बलिङमा चितवनका लागि रिजन ढकालले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । कप्तान सिकन्दर राजाले ४ ओभरमा १९ र कमल सिंह ऐरीले ४ ओभरमा २५ रन खर्चेर २-२ विकेट लिए । डान मोस्लीले १-१ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
17h ago
एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले चितवन राइनोजसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेक...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Arthasansar
16h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Ekantipur
19h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Nagarik News
4h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

National (Nepal)
Build #2612