Trending
Prev Story
Next Story

दैलेख जिप दुर्घटनाका घाइते एकको मृत्यु, पाँच जनालाई सुर्खेत लगियो

Ekantipur •
November 09, 2026 • 06:01 AM
2
2 reads 0 reactions

सोमबार बिहान कालीकोटबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको जिप गुराँस गाउँपालिका–१ मा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

दैलेख जिप दुर्घटनाका घाइते एकको मृत्यु, पाँच जनालाई सुर्खेत लगियो

सोमबार बिहान कालीकोटबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको जिप गुराँस गाउँपालिका–१ मा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

दैलेख — कालीकोटबाट बिरामी बोकेर उपचारका लागि सुर्खेत लैजाँदै गरेको जिप दुर्घटनाका एक घाइतेको मृत्यु भएको छ।

कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप सोमबार बिहान ५ बजेतिर दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए । घाइतेमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको हो। कर्णाली राजमार्गबाट करिब दुई सय मिटर तल खसेर भएको दुर्घटनामा मृत्यु हुनेमा ४१ वर्षका रने सार्की रहेका छन् ।

दुर्घटनामा सान्नीत्रिवेणी–६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्की, २७ वर्षीया जादुकला सार्की, १८ वर्षीय गंग सार्की, सान्नीत्रिवेणी–७ मुम्राका २१ वर्षीय तपेन्द्र सिम्खडा र जिपचालक सान्नीत्रिवेणी–७ का २२ वर्षीय योगेश सिम्खाडा घाइते छन्।

घाइतेहरुलाई प्रहरी चौकी तल्लोडुंगेश्वरले उपचारका लागि सुर्खेत पठाएको छ । बोलेरो जिप अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरी चौकी तल्लो डुंगेश्वरका प्रहरी सहायक निरीक्षक ललित रावलले बताए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
14h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#जिप #मृत्यु
Compare →
Hamro Patro News
15h ago
जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र...

#जिप #मृत्यु
Compare →
Nagarik News
20h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते
Compare →
Bizshala
21h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →
Arthasansar
23h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#घाइते #मृत्यु
Compare →

Related Stories

Technology
Build #2612