Trending
Prev Story
Next Story

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Onlinekhabar •
November 08, 2026 • 12:00 PM
3
3 reads 0 reactions

२२ कात्तिक, काठमाडौं । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित लीला आधारभूत विद्यालय नजिकै भएको मोटरसाइकल दुर्घटनामा स्थानीय सुरेश लामिछानेको मृत्यु भएको छ । पिच सडकबाट अनियन्त्रित भई करिव दुई मिटर तल खसेको अवस्थामा मोटरसाइकल र चालक लामिछाने मृत …

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२२ कात्तिक, काठमाडौं । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित लीला आधारभूत विद्यालय नजिकै भएको मोटरसाइकल दुर्घटनामा स्थानीय सुरेश लामिछानेको मृत्यु भएको छ ।

पिच सडकबाट अनियन्त्रित भई करिव दुई मिटर तल खसेको अवस्थामा मोटरसाइकल र चालक लामिछाने मृत फेला परेपछि स्थानीय क्षेत्रमा त्रास बढेको हो ।

आइतबार बिहान लीला आधारभूत विद्यालय नजिकै क्षतविक्षत अवस्थामा पल्सर मोटरसाइकल फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले खोजी गर्ने क्रममा निर्माणाधीन पर्खालको नालीमा लामिछानेलाई अचेत अवस्थामा फेला पारेको थियो ।

घटनास्थलमा पुगेको चिकित्सकको टोलीले उनलाई मृत घोषित गरेको हो । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक सूर्य बोगटीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ ।

घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले थप प्रमाण जुटाउन तालिमप्राप्त कुकुरको सहायता लिएको छ । संयोगवश, कुकुर तिहारकै दिन तालिमप्राप्त कुकुरलाई घटनास्थलमा अनुसन्धानका लागि प्रयोग गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक रिजालले प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल सडकबाट चिप्लिएर दुर्घटना भएको संकेत देखिए पनि घटनाको यथार्थ विवरणबारे सूक्ष्म अनुसन्धान जारी रहेको बताए ।

प्रहरीले दुर्घटनाको कारण र समय पहिचानका लागि थप प्राविधिक तथा अनुसन्धानमूलक विधिहरू अपनाइरहेको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
15h ago
पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको...

#पोखरा #दुर्घटना #मृत्यु
Compare →
Ekantipur
21h ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Nagarik News
16h ago
सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सहमतिपछि आफन्तले बुझे १३ जनाको श`व, आजै अन्त्येष्टि गरिने

सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवार तथा आफन्तबीच सहमति जुटेपछि आफन्तहरूले शव बुझेका छन्।

#दुर्घटना #जनाको
Compare →
Bizshala
21h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →
Arthasansar
23h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2612