Trending
Prev Story
Next Story

दैलेखको ठाटीकाँधमा छिमेकीको हँसिया प्रहारबाट घाइते तीन जनाको हेलिकप्टरबाट उद्धार

Ekantipur •
November 08, 2026 • 11:01 AM
5
5 reads 0 reactions

आइतबार बिहान करिब ५ बजे स्थानीय करिब ३७ वर्षीय बमबहादुर रावतले छिमेकी चन्द्रबहादुर पुन मगरको घरमा पुगेर परिवारका सदस्यहरूमाथि हँसिया प्रहार गरेका थिए।

दैलेखको ठाटीकाँधमा छिमेकीको हँसिया प्रहारबाट घाइते तीन जनाको हेलिकप्टरबाट उद्धार

आइतबार बिहान करिब ५ बजे स्थानीय करिब ३७ वर्षीय बमबहादुर रावतले छिमेकी चन्द्रबहादुर पुन मगरको घरमा पुगेर परिवारका सदस्यहरूमाथि हँसिया प्रहार गरेका थिए।

सुर्खेत — दैलेखको ठाटीकाँध गाउँपालिका-४ धनकोटमा हँसिया प्रहारबाट घाइते भएकामध्ये तीन जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको छ।

आइतबार बिहान करिब ५ बजे स्थानीय करिब ३७ वर्षीय बमबहादुर रावतले छिमेकी चन्द्रबहादुर पुन मगरको घरमा पुगेर परिवारका सदस्यहरूमाथि हँसिया प्रहार गरेका थिए। हँसिया प्रहारबाट ४५ वर्षीय बिमा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेख डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

घटनामा घाइते भएका २५ वर्षकी महेसरा पुन, २० वर्षकी लक्ष्मी पुन, २३ वर्षीया तिला पुन मगर र एक तीन महिने शिशु घाइते छन् । उनीहरुको तीनै जनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

आक्रमण गर्ने आरोपित स्थानीय ३६ वर्षीय बमबहादुर रावतलाई प्रहरी चौकी ठाँटीकाँधकाले नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक सरोज कँडेलको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालिसकेको डीएसपी विकले बताए।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
2d ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#प्रहार #घाइते #जनाको
Compare →
Hamro Patro News
22h ago
हरिपुर्वामा वृद्ध दम्पतीमाथि इँटा प्रहार, दुवै जना गम्भीर घाइते

हरिपुर्वामा वृद्ध दम्पतीमाथि इँटा प्रहार, दुवै जना गम्भीर घाइते

सर्लाहीको हरिपुर्वा नगरपालिका–९, बसन्तपुरमा अज्ञात समूहले एक वृद्ध दम्पतीमाथि इँटा प्रहार गरी गम्भीर घाइते बनाएको छ। आक्रमणबाट ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह गम्भीर घाइते भएका छन्।...

#प्रहार #घाइते
Compare →
Onlinekhabar
1d ago
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा …

#प्रहार
Compare →
Nagarik News
18h ago
बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृ’त्यु, १७ घाइते

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृ’त्यु, १७ घाइते

गुलरिया नगरपालिका-११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

#घाइते #जनाको
Compare →

Related Stories

Technology
Build #2612