Trending
Prev Story
Next Story

मेची राजमार्गमा दुई बस जुध्दा तीन जना घाइते

Nagarik News •
November 14, 2026 • 02:04 PM
2
2 reads 0 reactions

मेची राजमार्गको ताप्लेजुङ-काबेली सडकखण्डअन्तर्गत पाथीभरा याङवरक गाउँपालिका-१ स्थित खहरेमा विपरीत दिशाबाट आइरहेका दुईवटा बस एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

मेची राजमार्गमा दुई बस जुध्दा तीन जना घाइते

मेची राजमार्गको ताप्लेजुङ-काबेली सडकखण्डअन्तर्गत पाथीभरा याङवरक गाउँपालिका-१ स्थित खहरेमा विपरीत दिशाबाट आइरहेका दुईवटा बस एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

घाइते तीनै जनाको टाउकोमा चोट लागेको भए पनि अवस्था बोल्न सक्ने र मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि पाँचथरस्थित जिल्ला अस्पतालतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) कमल बजगाँईले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा भक्तपुर नगरपालिका-३ वंशगोपाल बस्ने अन्दाजी ४८ वर्षीय लक्ष्मी सोनेप, सूर्यविनायक नगरपालिका-६ फलाटे बस्ने अन्दाजी ३८ वर्षीया सुनिता सोहङमिखा र काठमाडौं तारकेश्वर नगरपालिका-४ बस्ने अन्दाजी ४७ वर्षीया सुनिता कटुवाल घाइते भएका छन्।

डिएसपी बजगाँईका अनुसार ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको प्र.३-०१-००६ख ०५९६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-००६ख ५६५८ नम्बरको बस खहरेमा एकआपसमा ठोक्किएका हुन्।

घटनाको उद्धार तथा थप अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक कृष्णकुमार माझीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २८ कार्तिक २०८३ १९:४९ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा पाँचजना घाइते

महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा पल्टिँदा घाइते पाँचैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

#घाइते #नगरपालिका
Compare →
Hamro Patro News
3h ago
मोटरसाइकलसँग ठोक्किएर बस पल्टँदा दुईजनाको मृत्यु, १५ घाइते

मोटरसाइकलसँग ठोक्किएर बस पल्टँदा दुईजनाको मृत्यु, १५ घाइते

काठमाडौं । बर्दियामा मोटरसाइकलसँग ठोक्किएर बस पल्टँदा दुईजनाको मृत्यु भएको छ । १५ जना घाइते छन् । शनिबार (कात्तिक २८) दिउँसो करिब १ः४० बजे गुलरिया नगरपालिका–११, लालपुरस्थित हुलाकी सडकखण्डमा मोटरसा...

#घाइते
Compare →
Onlinekhabar
1d ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको …

#घाइते
Compare →

Related Stories

Technology
Build #2612