Trending
Prev Story
Next Story

इरानमा सरकारीविरोधी प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको अभियोगमा तीनजनालाई मृत्युदण्ड

Ekantipur •
November 08, 2026 • 07:32 AM
3
3 reads 0 reactions

कराज सहरमा हतियार, ग्रेनेड र मोलोटोभ ककटेल (पेट्रोल बम) प्रयोग गरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको र विद्युत् सबस्टेशनमा क्षति पुर्‍याई केही क्षेत्रमा बत्ती निभाएको अभियोग

इरानमा सरकारीविरोधी प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको अभियोगमा तीनजनालाई मृत्युदण्ड

कराज सहरमा हतियार, ग्रेनेड र मोलोटोभ ककटेल (पेट्रोल बम) प्रयोग गरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको र विद्युत् सबस्टेशनमा क्षति पुर्‍याई केही क्षेत्रमा बत्ती निभाएको अभियोग

तेहरान — इरानले गत जनवरीमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न रहेको र अमेरिका तथा इजरायलका लागि जासूसी गरेको अभियोगमा तीन जनालाई आइतबार मृत्युदण्ड दिएको छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उनीहरूलाई अदालतले दोषी ठहर गरेपछि फाँसी दिइएको हो।

पछिल्ला महिनाहरूमा इरानले जनवरी प्रदर्शन र अमेरिका तथा इजरायलसँग जोडिएका अभियोगमा धेरै जनालाई मृत्युदण्ड दिइसकेको छ। यो कारबाही पनि सोही शृंखलाअन्तर्गत भएको जनाइएको छ ।

इरानको न्यायपालिकाका अनुसार मृत्युदण्ड पाउनेहरूमा हसन दिओबन्द, हामिद काजेमी र रेशा जंगनेह रहेका छन्। उ

नीहरूमाथि कराज सहरमा हतियार, ग्रेनेड र मोलोटोभ ककटेल (पेट्रोल बम) प्रयोग गरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको र विद्युत् सबस्टेशनमा क्षति पुर्‍याई केही क्षेत्रमा बत्ती निभाएको अभियोग लगाइएको थियो।

न्यायपालिकाले जारी गरेको विज्ञप्तिमा दिओबन्दलाई जनवरी ११ मा पक्राउ गरिएको थियो ।

अनुसन्धानका क्रममा उनलाई सार्वजनिक सम्पत्तिमाथिको आक्रमण तथा हिंसा फैलाउने मुख्य योजनाकारका रूपमा पहिचान गरिएको उल्लेख छ। उनकै नेतृत्वमा प्रदर्शनमा भाग लिएका अन्य १० जनालाई पनि पछि पक्राउ गरिएको थियो।

अदालतले ती तीनै जनालाई मृत्युदण्डको सजाय सुनाउँदै उनीहरूको सम्पत्ति जफत गर्न आदेश दिएको थियो। सर्वोच्च अदालतले तल्लो अदालतको फैसलालाई निरन्तरता दिएपछि मृत्युदण्ड कार्यान्वयन गरिएको हो।

यस घटनामा संलग्न अन्य प्रतिवादीहरूलाई भने ५ देखि १० वर्षसम्मको जेल सजाय सुनाइएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
तेहरानका लागि जासुसी गरेको अभियोगमा दुई इरानी अदालतबाट दोषी ठहर

तेहरानका लागि जासुसी गरेको अभियोगमा दुई इरानी अदालतबाट दोषी ठहर

लन्डन । लन्डनस्थित फारसी भाषाको सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको जासुसी गरेको अभियोगमा दुई इरानी पुरुषलाई बिहीबार बेलायतको अदालतले दोषी ठहर गरेको छ । दक्षिण लन्डनस्थित ‘वुलविच क्राउन कोर्ट’ का ...

#अभियोग #इरान
Compare →
Arthasansar
3d ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#अभियोग
Compare →
Onlinekhabar
23h ago
जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

जलवायु न्यायको माग गर्दै टर्किएमा प्रदर्शन

२७ कात्तिक, काठमाडौं । टर्कीएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ । टर्कीएको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरिबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको …

#प्रदर्शन
Compare →
Nagarik News
23h ago
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।

#इरान
Compare →
Bizshala
2d ago
इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

काठमाडौं । इरानले प्रशोधित आणविक सामग्री देशबाहिर लैजान नदिने बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १...

#इरान
Compare →

Related Stories

Politics & Governance
Build #2612