Trending
Prev Story
Next Story

गोहीको आक्रमणमा परेर महिलाको मृत्यु

Ekantipur •
October 10, 2026 • 07:40 AM
2
2 reads 0 reactions

शुक्रबार दिउँसो करिब साढे २ बजे माछा मार्ने क्रममा गोहीको आक्रमणमा परेर सोही ठाउँकी करिब ५२ वर्षीया पुष्पा लामिछाने बेपत्ता भएकी थिइन् ।

गोहीको आक्रमणमा परेर महिलाको मृत्यु

शुक्रबार दिउँसो करिब साढे २ बजे माछा मार्ने क्रममा गोहीको आक्रमणमा परेर सोही ठाउँकी करिब ५२ वर्षीया पुष्पा लामिछाने बेपत्ता भएकी थिइन् ।

कमल पन्थी — बर्दियाको मधुवन नगरपालिका–३ कोठियाघाटस्थित गेरुवा नदीमा गोहीको आक्रमणमा परेर एक महिलाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो करिब साढे २ बजे माछा मार्ने क्रममा गोहीको आक्रमणमा परेर सोही ठाउँकी करिब ५२ वर्षीया पुष्पा लामिछाने बेपत्ता भएकी थिइन् ।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत स्थानीयले खोजतलास गरेका थिए । राति करिब साढे १० बजे लामिछानेको शव तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, राजापुरका डीएसपी होमप्रसाद चौधरीले बताए । लामिछानेको शव पोस्टमार्टम गरी परिवारलाई बुझाउने प्रहरीले जनाएको छ ।

उक्त घटना सदरमुकाम गुलरियाबाट २५ किमि पश्चिममा पर्छ । कोठियाघाटस्थित गेरुवा नदीमा ३/४ वटा गोही तैरिरहेकोले नुहाउन, माछा मार्न र दाउरा संकलन गर्न नजान प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

एजेन्सी । दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यचिकित्सा विभागमा इजरायलले गरेको आक्रमणमा चिकित्सकसहित ६ जनाको मृत्यु भएको छ। आक्रमणमा बिरामी र उनीहरूका कुरुवासहित कम्तीमा २७ ज...

#आक्रमण #मृत्यु
Compare →
Onlinekhabar
2h ago
सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवैको अवस्था गम्भीर

सर्लाहीमा वृद्ध दम्पतीमाथि आक्रमण, दुवैको अवस्था गम्भीर

२८ कात्तिक, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ बसन्तपुरमा अज्ञात समूहको आक्रमणबाट एक वृद्ध दम्पती गम्भीर घाइते भएका छन् । आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले इँटा प्रहार गर्दा ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती …

#आक्रमण
Compare →
Arthasansar
1d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण
Compare →

Related Stories

National (Nepal)
Build #2612