काठमाडौँ । धन्वन्तरि जयन्ती हिन्दु धर्ममा पवित्र तथा आरोग्यतासँग सम्बन्धित पर्व हो । तिथिको आधारमा मनाइने हुनाले प्रत्येक वर्ष कार्तिक कृष्णपक्षको त्रयोदशी अर्थात आजकै दिन पर्दछ । आजकै दिनमा भगवान् विष्णु आयुर्वेदका प्रवर्तक धन्वन्तरिको अवतार लिएर प्रकट भएको बताइन्छ।
धार्मिक मान्यता अनुसार आज भगवान् धन्वन्तरिको पूजा आराधना गर्दा परिवारमा सदस्यमा आरोग्ययता प्राप्त हुने, रोग व्याधिबाट मुक्ति मिल्ने र सुखी जीवन बिताउन सकिने विश्वास रहेको छ । श्रीमद्भागवत महापुराणको अष्टम स्कन्धको अध्याय ८ मा समुन्द्र मन्धन र धन्वन्तरिको प्रादुर्भाव वर्णन गरिएको छ ।
Read full story at source ( ratopati.com )