नेपाल एकीकरणको ऐतिहासिक अभियानसँग जोडिएको भक्तपुरको बुकाचोगढी पछिल्लो समय ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटकीय पूर्वाधार विस्तारसँगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका विजय अभियान सञ्चालन गर्दा सैनिक रणनीति निर्माण र उपत्यकाको भौगोलिक अवस्था नियाल्न प्रयोग गरेको यस गढीले इतिहाससँगै पर्यटनको नयाँ सम्भावना बोकेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा अवस्थित बुकाचोगढी समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको उपत्यकाकै नजिकको पर्यटकीय स्थल बन्ने सम्भावनासँगै यसको संरक्षण, र प्रवर्धनमा जोड दिइएको छ । झन्डै दुई हजारभन्दा अग्लो डाँडामा रहेको यस गढीबाट काठमाडौँ उपत्यकाका अधिकांश भूभाग, आसपासका डाँडाकाँडा, सुन्दर हिमाली शृङ्खला र प्राकृतिक दृश्य सहजै अवलोकन गर्न सकिन्छ । यहाँबाट उत्तरतर्फ मनोहरा नदी, पूर्वतर्फ साँगा भन्ज्याङ र पश्चिमतर्फ घ्याम्पेडाँडालगायत क्षेत्र देख्न सकिन्छ ।
Read full story at source ( gorkhapatraonline.com )