Trending
Prev Story
Next Story

इरानले भन्यो– अमेरिकाको कागजी प्रतिबद्धतामा मात्रै विश्वास गरेर सम्झौता गर्दैनौं

Onlinekhabar •
November 06, 2026 • 01:00 PM
3
3 reads 0 reactions

इरानले अमेरिकासँग कागजी प्रतिबद्धताका आधारमा मात्रै कूटनीतिक वार्ता पुनः सुरु नगर्ने बताएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बाघेरी कानीले अमेरिकाले आफ्ना प्रतिबद्धता व्यवहारमा पूरा गरेको देखिएपछि मात्रै नयाँ अध्याय सुरु गर्ने आधार …

इरानले भन्यो– अमेरिकाको कागजी प्रतिबद्धतामा मात्रै विश्वास गरेर सम्झौता गर्दैनौं

इरानले अमेरिकासँग कागजी प्रतिबद्धताका आधारमा मात्रै कूटनीतिक वार्ता पुनः सुरु नगर्ने बताएको छ ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बाघेरी कानीले अमेरिकाले आफ्ना प्रतिबद्धता व्यवहारमा पूरा गरेको देखिएपछि मात्रै नयाँ अध्याय सुरु गर्ने आधार तयार हुने बताएका हुन् ।

सरकारी प्रसारण संस्था आईआरआईबीसँग कुरा गर्दै बाघेरी कानीले भने, ‘इरानले अमेरिकाका व्यावहारिक कदम आफ्नै आँखाले देख्नुपर्छ । जब त्यस्ता कदम देखिन्छन्, तब मात्रै नयाँ अध्याय खोल्ने वातावरण बन्न सक्छ ।’

उनले पछिल्लो डेढ वर्षमा भएका वार्ताका चारवटै चरण अमेरिकाले आफ्ना प्रतिबद्धता उल्लंघन गरेर विफल बनाएको आरोप लगाए ।

बाघेरी कानीका अनुसार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेको तीन घण्टा लामो भेटको मुख्य उद्देश्य सर्वोच्च नेता आयतोल्लाह मोज्तबा खामेनीको सन्देश पुर्‍याउनु थियो ।

उनले उक्त सन्देशमा द्विपक्षीय सहकार्यका लागि इरानका प्राथमिकताहरू समेटिएको र खामेनीको नेतृत्वमा इरान–रुस सम्बन्धको अवस्थाबारे मस्कोलाई स्पष्ट जानकारी गराइएको बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

इरान–अमेरिका द्वन्द्व अन्त्य गर्न कूटनीतिमा फर्कन टर्कीको आग्रह

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिका–इरान युद्ध अन्त्य गर्न कूटनीतिक वार्ता ‘अबिलम्ब’ पुनः सुरु हुनुपने बताएका छन्।

#अमेरिका #इरान
Compare →
Nagarik News
21h ago
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।

#इरान #भन्यो #अमेरिका
Compare →
Bizshala
23m ago
अमेरिकामा ५ हजार ३०० उडान रद्द हुँदा हजारौँ यात्रु अलपत्र

अमेरिकामा ५ हजार ३०० उडान रद्द हुँदा हजारौँ यात्रु अलपत्र

काठमाण्डौ । हवाई यातायात नियन्त्रण केन्द्रहरूको सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाले शुक्रबार देशभरका विमानस्थलबाट उडान भर्न रोक लगायो। चार घण्टाभन्दा बढी समयपछि रोक हट्यो र सीमित उडान सुरु भए। तर हजारौँ उडान रद्द वा ढिला हुँदा नयाँ टिकट र वैकल्पिक उडान खोजिरहेका हजारौँ यात्रु विमानस्थलमै अड्किए।

#अमेरिका
Compare →
Ekantipur
7h ago
अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ।

#अमेरिका
Compare →
Arthasansar
1d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#इरान
Compare →

Related Stories

World News
Build #2612