Trending
Prev Story
Next Story

बालमृत्यु, कुपोषण र बालविवाह घटाउने विशेष कार्यक्रम ल्याउन कर्णालीका मुख्यमन्त्रीको आग्रह

Ekantipur •
November 06, 2026 • 12:02 PM
2
2 reads 0 reactions

संघीय सरकारकी मन्त्री सीता बादीसँगको भेटमा उनले कर्णालीका कमजोर सामाजिक तथा स्वास्थ्य सूचक सुधारका लागि थप कार्यक्रम र बजेट व्यवस्था गर्नुपर्ने बताए।

बालमृत्यु, कुपोषण र बालविवाह घटाउने विशेष कार्यक्रम ल्याउन कर्णालीका मुख्यमन्त्रीको आग्रह

संघीय सरकारकी मन्त्री सीता बादीसँगको भेटमा उनले कर्णालीका कमजोर सामाजिक तथा स्वास्थ्य सूचक सुधारका लागि थप कार्यक्रम र बजेट व्यवस्था गर्नुपर्ने बताए।

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बालमृत्युदर, कुपोषण, पुड्कोपना र बालविवाह न्यूनीकरणका लागि विशेष कार्यक्रम ल्याउन संघीय सरकारसँग आग्रह गरेका छन्।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय सरकारकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीसँगको भेटमा उनले कर्णालीका कमजोर सामाजिक तथा स्वास्थ्य सूचक सुधारका लागि संघीय सरकारले थप कार्यक्रम र बजेट व्यवस्था गर्नुपर्ने बताएका हुन्।

मुख्यमन्त्री शाहीले कर्णालीमा विद्यमान बालमृत्युदर, कुपोषण, पुड्कोपना र बालविवाहजस्ता समस्या समाधान गर्न नियमित कार्यक्रमले मात्र नपुग्ने भन्दै विशेष प्रकृतिका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

संघीय मन्त्री बादी पनि कर्णालीकै प्रतिनिधित्व गर्ने भएकाले प्रदेशका यी समस्याप्रति विशेष चासो दिएर पहल गर्न उनले आग्रह गरे। उनले पछिल्लो समय चुनौतीका रूपमा देखिएको किशोरकिशोरीको मानसिक स्वास्थ्य समस्यालाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। यस क्षेत्रमा ठोस कार्यक्रम ल्याउन उनले मन्त्री बादीको ध्यानाकर्षण गराए।

जवाफमा मन्त्री बादीले कर्णालीको समग्र विकास र सूचक सुधारका लागि प्रदेश सरकारसँग सहकार्य गर्न संघीय सरकार तयार रहेको बताइन्। उनले कर्णालीमा बालसुधार गृह स्थापनाका लागि आवश्यक पहल भइरहेको जानकारी दिइन्।

भेटमा प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले स्वास्थ्य तथा शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश सरकारले काम गरिरहेको भन्दै संघीय सरकारको निरन्तर सहकार्य आवश्यक रहेको बताए। उनले आगामी दिनमा संघ र प्रदेशबीचका बैठक तथा भेटघाटलाई नियमित र परिणाममुखी बनाउनुपर्ने धारणा राखे।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन कसरत जारी

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन कसरत जारी

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट आज विश्वासको मत लिने भएका छन्।

#मुख्यमन्त्री
Compare →
Hamro Patro News
11h ago
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#कर्णाली
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#कर्णाली
Compare →
Onlinekhabar
1d ago
लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै …

#कर्णाली
Compare →

Related Stories

Politics & Governance
Build #2612