Trending
Prev Story
Next Story

कार्यकर्तालाई रविको कडा चेतावनी– हामी यति मात्तियौँ कि मान्छेलाई मान्छे गन्न छाड्यौँ, अब भुइँमा टेकौँ

Onlinekhabar •
November 06, 2026 • 10:30 AM
3
3 reads 0 reactions

२० कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा प्राप्त सफलतापछि पार्टीका नेता–कार्यकर्ताहरू मात्तिएको भन्दै कडा आत्मआलोचना गरेका छन्। शुक्रबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाका नेता–कार्यकर्ताको 'भुइँमा खुट्टा नभएको' …

कार्यकर्तालाई रविको कडा चेतावनी– हामी यति मात्तियौँ कि मान्छेलाई मान्छे गन्न छाड्यौँ, अब भुइँमा टेकौँ

२० कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा प्राप्त सफलतापछि पार्टीका नेता–कार्यकर्ताहरू मात्तिएको भन्दै कडा आत्मआलोचना गरेका छन्।

शुक्रबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाका नेता–कार्यकर्ताको ‘भुइँमा खुट्टा नभएको’ भन्दै तत्काल सच्चिन चेतावनी दिए।

‘जनताले हामीलाई पत्याए, तर हाम्रो भुइँमा खुट्टा छैन। हामी मात्तिएका छौँ, टुपिएका छौँ,’ सभापति लामिछानेले आफ्नै नेता–कार्यकर्ताप्रति लक्षित गर्दै भने, ‘माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ, हामी यति चढेका छौँ कि मान्छेलाई मान्छे गनेका छैनौँ। यसरी हुँदैन, कुनै हालतमा पनि भुइँ छाड्नु हुँदैन !’

विगतमा रास्वपा (घण्टी) बोकेर हिँड्दा राज्य प्रशासनबाट दुःख पाएको स्मरण गर्दै उनले अहिले चुनाव जितिसकेपछि प्रशासनलाई दबाब दिएर बदला लिने प्रयास नगर्न कडा निर्देशन दिए।

‘हिजो हाम्रा साथीहरूलाई दुःख दिने काम भयो भन्दैमा आज ‘म त घण्टीको मान्छे हुँ’ भनेर प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दियौँ भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन,’ उनले भने, ‘हामीले एउटा चुनाव मात्र जितेका हौँ, कुनै ग्रहबाट खसेर आएका मान्छे होइनौँ।’

‘ऐना देखाउनेलाई नझम्टौँ, आफैँ सच्चिऔँ’

रास्वपाको उदयलाई विश्लेषक र समाजले ‘हुरी वा आँधी’ भनेर टिप्पणी गर्दा पार्टीभित्र आक्रोश देखिने गरेको सन्दर्भ निकाल्दै लामिछानेले यसमा मिडिया वा विश्लेषकलाई दोष नदिन आग्रह गरे।

‘समाजले हामीलाई ऐना देखाएको छ। आफ्नो अनुहार देखाएपछि ऐना देखाउनेतिर झम्टिने त्यो राजनीतिक चरित्र होइन,’ उनले भने, ‘विश्लेषक, अन्य दल र सञ्चारमाध्यमलाई म दोष दिन चाहन्नँ, यो दोष म लिन चाहन्छु, तपाईंहरूले लिनुपर्छ। अब हामीले त्यो साँघुरो चरित्रबाट माथि उठेर जनताले अपेक्षा गरेको उच्च राजनीतिक चरित्रमा खरो उत्रिनुपर्ने छ।’

‘सीधै ८ कक्षामा भर्ना भयौँ, अघिल्ला पाठ नपढी ९ मा पुगिँदैन’

रास्वपाले स्थापनाको छोटो समयमै पाएको सफलतालाई लामिछानेले ‘सीधै ८ कक्षामा भर्ना’ भएको संज्ञा दिए। पार्टीले आफ्ना सदस्यहरूलाई पर्याप्त राजनीतिक प्रशिक्षण दिन नभ्याएको स्वीकार गर्दै उनले अब स्वअनुशासित हुनुको विकल्प नभएको बताए।

‘जनताले रास्वपा अब्बल छ, एकैपटक ८ कक्षामा भर्ना गरिदिनुपर्छ भनेर भर्ना गरिदिए। तर, हामीले छुटाएका केही कक्षाहरू नपढीकन फेरि ८ बाट ९ कक्षामा पुगिँदैन,’ लामिछानेले भने, ‘हामी राजनीतिमा एउटा चुनावबाट अर्को चुनावका लागि मात्र आएका होइनौँ। अब छुटेका पाठहरू पढ्नुपर्छ र जान्नुपर्छ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
6h ago
छठ मनाउन पत्नीसहित जनकपुर जान लागेका रविको यस्तो छ कार्यतालिका

छठ मनाउन पत्नीसहित जनकपुर जान लागेका रविको यस्तो छ कार्यतालिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व मनाउन जनकपुरधाम जाने भएका छन्।

#रवि-लामिछाने #रविको
Compare →
Hamro Patro News
23h ago
एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र

नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र पारेको छ। भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनि...

#कार्यकर्ता
Compare →
Bizshala
1d ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#कार्यकर्ता
Compare →

Related Stories

World News
Build #2612