Trending
Prev Story
Next Story

तिहारमा काभ्रेमा ५ दिन टिपर सञ्चालनमा रोक

Ekantipur •
November 06, 2026 • 05:01 AM
3
3 reads 0 reactions

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कात्तिक २२ गते बिहानदेखि २६ गते रातिसम्म मुख्य तथा सहायक सडकमा टिपर चलाउन प्रतिबन्ध लगाइएको हो।

तिहारमा काभ्रेमा ५ दिन टिपर सञ्चालनमा रोक

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कात्तिक २२ गते बिहानदेखि २६ गते रातिसम्म मुख्य तथा सहायक सडकमा टिपर चलाउन प्रतिबन्ध लगाइएको हो।

काभ्रे — तिहारलक्षित गर्दै काभ्रेपलाञ्चोक जिल्लाभित्र ५ दिन टिपर सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कात्तिक २२ गते बिहान ५ बजेदेखि कात्तिक २६ गते राति ९ बजेसम्म जिल्लाका मुख्य तथा सहायक सडकमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले शुक्रबार जारी गरेको सूचनाअनुसार तिहारका बेला सडकमा हुने सवारी चाप तथा सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार विशेषगरी बीपी राजमार्ग, अरनिको राजमार्गलगायत जिल्लाका सडकमा सवारी आवागमन सहज बनाउन र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै टिपर सञ्चालनमा रोक लगाइएको हो ।

जिल्ला सुरक्षा समितिको कात्तिक १९ गते बसेको बैठकले गरेको निर्णयअनुसार उक्त अवधिभर टिपर सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
20h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#गते #कात्तिक
Compare →
Hamro Patro News
1d ago
शुक्रबार तपाईको भाग्य कस्तो छ ?

शुक्रबार तपाईको भाग्य कस्तो छ ?

२०८३ कात्तिक २७ गते शुक्रबारको राशिफल मेष मेष राशि भएकाहरूका लागि आज सामान्य रहनेछ । मानसम्म सम्मान मिल्नेछ । व्यवसायको क्षेत्रमा लाभहुनेछ । उन्नती प्रगती हुनेछ । समय सामान्य भएको ठुलो काम न आँट्...

#गते #कात्तिक
Compare →
Onlinekhabar
1d ago
मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

मधेश प्रदेशसभा बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने

२६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको …

#गते #कात्तिक
Compare →
Nagarik News
1d ago
धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

#टिपर
Compare →

Related Stories

National (Nepal)
Build #2612